कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको धर्ना – Thulo Khabar


८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु आन्दोलित भएका छन् ।

सूची सार्वजनिक गर्न भदौ ७ गतेसम्मको समयसीमा दिएका उनीहरुले माग सम्बोधन नभएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका हुन् ।

नेपाली कांग्रेसको नुवाकोट जिल्लाका सभापति जगदिश्वर नरसिंह केसीले आफूहरुले आजदेखि सांकेतिक रुपमा एक घण्टामात्रै धर्ना दिने बताए । माग सम्बोधन नभए धर्ना जारी रहने बताए ।

‘जबसम्म वेबसाइटमा सदस्यता सार्वजनिक गरिंदैन, जबसम्म जिल्ला सभापतिहरुको उम्मेदवारी एकरुपता हुँदैन र सच्याउने मौका पाइँदैन तबसम्म हाम्रो धर्ना कार्यक्रम जारी रहन्छ,’ उनले भने । क्रियाशील सदस्यता पारदर्शी नभएकाले आन्दोलनमा उत्रिनु परेको उनले बताए ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज