ओलीलाई २४ घण्टे ‘अल्टिमेटम’ माग पूरा नभए एमाले परि’त्यागको घोषणा गर्ने !


काठमाडौं : नेकपा एमाले छाडेर छुट्टै पार्टी दर्ता गर्दा माधव नेपाललाई साथ नदिएका नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बेलुकीसम्म आफूहरुको माग पूरा गर्न २४

घण्टे ‘अल्टिमेटम’ दिएका छन् । आइतबार बसेको नेताहरुको बैठकले पार्टी एकता गर्न अध्यक्ष ओलीलाई १० बुँदेलगायतका मागहरु पूरा गर्न २४ घन्टे समय निर्धारण गरेको हो ।

यदि उक्त समयभित्र आफूहरुको माग पूरा नभए एमाले परित्याग गर्ने नेताहरुले बैठकमा छलफल गरेका छन् ।
बैठकपछि अध्यक्ष ओलीलाई आफूहरुका माग पूरा गर्न जानकारी दिइसकिएको पनि जनाइएको छ ।

माधव नेपालको साथ छाडेकामध्ये ८ जना स्थायी कमिटी सदस्य र केही केन्द्रीय कमिटी सदस्यहरु बैठकमा सहभागी रहेका थिए । बैठकअघि उपाध्यक्ष भीम रावलले अध्यक्ष

ओलीले १० बुँदे सहमति का’र्यनयन गर्ने सम्भावना कम रहेको ब्रिफिङ गरेका थिए। साथै, केही दिनअघि घनश्याम भुसालले पार्टी एकता अध्यक्ष ओलीकै कारण भाडिएको र एकता नभएको खण्डमा ठूलो वि’द्रोह हुने पनि ठाडो चु’नौती दिएका छन् ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज