मनसुनी वायुको प्रभावः देशका विभिन्न स्थानमा भीषण वर्षा हुने


काठमाडौं,भदौं ७-

मनसुनी वायुको प्रभावका कारण सोमबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेकोले मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भीषण वर्षाका कारण पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुने तथा नदी‚ खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ। सोमबार बिहान देशभर सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम बदली भई केही स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

<!---->

नारायणीअनलाइनबाट साभार

हाम्रो फेसबुक पेज