गृहमन्त्रीलाई किसानको उर्दी – मलाइ नसोधी पिउनको पनि सरुवा नगर्नु ।


काठमाडौं : लामो समय केपी ओलीको को साथमा रहेर परमादेश बाट प्रधानमन्त्री बेनेका शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन एकाएक गुट परिवर्तन गरेका सांसद किसान श्रेष्ठले आफुलाई नसोधी पिउनको पनि सरुवा नगर्न

गृहमन्त्री बालकृष्ण खाणलाई उर्दि जारी गरको छन् । नेकपा एमाले विभाजन भए पछि माधव नेपालले बनाएको एकिकृत समाजवादी पार्टीमा लागेका श्रेष्ठले गृहमन्त्रीलाई यस्तो बताएको आफैँले खुलासा गरेका छन् । आफ्नै निवासमा तनहुँका कार्यकर्ताहरु सँग कुराकानी गर्दै उनलै यस्तो बताएका हुन् ।

यस अघि एमालेकै सरकार हँदा पनि कहिल्यै हामीले आफ्नो सरकार भएको महसुश गर्न पाएनौ । कसैलाई कुनै ठाउँमा नियुक्ती गर्न पनि पाइएन अहिले हामीलेनै मत हालेर सरकार बनाएका छौ मैलै गृहमन्त्रीलाई भनेको छु यो माधव नेपालका कारण बनेको सरकार हो तनहुँमा मलाई नसाधी पिउनको पनि सरुवा नगर्नुस् । श्रेष्ठले भनेका छन् ।

कार्यकर्ताका विचमा जोसिलो सँग प्रस्तुत भएका श्रेष्ठले यो सरकार माधव नेपालका कारण बनेकोेले अब आफुहरुको हालीमुहाली चल्ने आशयले प्रस्तुत भएका थिए । एमालेकै सरकार हुँदा पनि कसैलाई कतै नियुक्ती गर्न नसकिएको

भन्दै अब राजदुत देखी विभिन्न ठाउँमा आफुले नियुक्ती गराउँने र त्यसको लिष्ट आफुलाई बुझाउँन पनि उनले भनेका छन् ।
सांसद श्रेष्ठले माधव नेपालको राजनितीनै समाप्त हुने अवस्थामा आफु सहित यस अघि केपी ओली समूहमा रहका सांसदहरुले देउवालाई भोट हालेको पनि बताएका छन् ।

नेपाल समूहका भनिएका मान्छेहरु अन्तिम समयमा भोट नहाली हिँडे तर हामी ओली समूहमा रहेका ८ जनाले मत हालेर माधव नेपालको राजनिती बचायौं। हामीले साथ नदिएको भए माधव नेपालको राजनिती त्यहि बेला सकिन्थ्यो श्रेष्ठले भनेका छन् ।

मन्त्री खानकै लागी रातारात ओली समुह छोडेर नेपाल तिर लागेको भन्ने आरोप उनी माथी लागीरहँदा श्रेष्ठले उक्त आरोपलाई पुष्टि हुने गरि अभिव्यक्ति दिएका छन् । म मन्त्रीका लगी योग्य मान्छे हुँ मैले मन्त्री खान नहुने भन्ने केही छ र रु मोही माग्ने तर ढुंग्रो लुकाउने म गर्दिन । उनले भनेका छन् ।

यस अघिको हेरेक मन्त्रीपरिषद विस्तारमा आफ्नो नाम आउँने गरेको तर विस्तार हुँदा कहिल्यै मन्त्री बन्न नपाएको गुनासो पनि उनले गरेका छन् । हरेक मन्त्रीपरिषद विस्तारमा मेरो नाम आउँथ्यो विस्तार नहुन्जेल मन्त्री पनि बनिन्थ्यो विस्तार भइसकेपछि उही हो उनले भनेका छन् । सांसद श्रेष्ठले अब तँनहुँमा विकासको लहर चलाउँने पनि बताएका छन् ।-दैनिक न्युज नेपाल

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज