विद्यालय बन्द हुँदा पनि ४२ पालिकाले लिए ‘विद्यार्थी दिवा खाजाको नाममा साढे २१ करोड रुपैयाँ !


काठमाडौ : को’रो ना महामारीका कारण विद्यालय बन्द रहेको बेला पनि दिवा खाजाका लागि कराेडौँ रुपैयाँ निकासा भएको पाइएको छ।

महालेखा परी’क्षकको कार्यालयको ५८ औं प्रतिवेदन अनुसार लक’डाउन भएर विद्यालय बन्द भएको बेलामा पनि पालिकाहरुले विद्यार्थी दिवा खाजाका नाममा २१ करोड ४२ लाख रुपैयाँ लगेका छन् ।

२०७७ सालको चैतदेखि लक’डाउन सुरु भएपछि असारसम्म धनुषाको सबैला नगरपालिकाले एक करोड १३ लाख रुपैयाँ, गणेशनाथ चारनाथ नगरपालिकाले ८१ लाख, सिरहाको सिरहा नगरपालिकाले एक करोड ३८ लाख, रौटहतको फतुवा

नगरपालिकाले ९७ लाख र गरुडा नगरपालिकाले ७७ लाख रुपैयाँ लगेका छन् । लकडा’उनको बेला २८ वटा नगरपालिकाले १४ करोड २१ लाख ६८ हजार रुपैयाँ लगेका छन् ।

यस्तै १३ वटा विभिन्न गाउँ पालिकाले ६ करोड ३ लाख रुपैयाँ दिवा खाजाको लागि भनेर लगेका छन् । यस्तै, दिवा खाजा रकम विद्यालयलाई निकासा गर्दा अभिभा’वकलाई नगद दिने कुनै नियम कानुन नरहे पनि परोहा नगरपालिका रौतहटले दिवा

खाजा वापतको रकम अभिभावकलाई बाँडेको र १ करोड १७ लाख रुपैयाँ निकासा अनियमित देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।विद्यालय ब’न्द भएको बेलामा खाजाको लागि लगेको पैसा

असुल गर्न महालेखा परीक्षकको कार्या लयले सुझाव दिएको छ । सरकारी विद्यालयमा विद्यार्थी आकर्षित गर्न र भर्ना’दर बढाउन सरकारले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर दिवा खाजाको रकममा व्यापक अनिय’मितता भएको महालेखाको प्रतिवेदनले देखाएको छ ।

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज