निर्वाचन अघि नै पार्टी एकता गर्न प्रचण्ड–माधव सहमत, उपेन्द्र–बाबुराम पनि सकारात्मक ।


काठमाडौं : स्थानीय तहको आगामी निर्वाचन अगाडि नै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र० र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत (समाजवादी)बीच पार्टी एकता हुने भएको छ ।

नेपालका कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने हेतुका साथ प्रचण्ड र माधव पार्टी एकताको लागि आधारभूत रुपमा एकमत भएका छन् । हालै भएको एक भेटमा प्रचण्ड–माधव पार्टी एकताका लागि सहमत भएको माधव पक्षका एक केन्द्रीय सदस्यले बताए ।

‘हामीले एक्लै चुनाव लड्नका लागि र एउटा हाम्रो पनि पार्टी छ भन्नका लािग पार्टी खोलेका होइनौँ’ एमाले समाजवादीका एकजना केन्द्रीय सदस्य भन्छन्, ‘मुल कुरा भनेको नेपालको कम्युनिष्ट आ’न्दोलन एकीकृत बनाउने हो, हालैको एक भेटमा पनि अध्यक्षद्धय प्रचण्ड र माधव कमरेड एकताको लागि तयार हुनुभएको छ ।’

पार्टी एकता अगाडि नै माधव नेपालले देशभर आफ्नो पार्टीको संगठन बनाउनेछन् । ती केन्द्रीय सदस्यले थपे, ‘हामी पहिले देशैभर संगठन बनाउँछौँ, त्यसपछि जनवर्गीय संगठनहरु पनि बनाउँछौँ र त्यसपछि मात्रै एकताको प्रक्रिया हुन्छ ।’

प्रचण्डले पनि माओवादी एकताको मात्रै झण्डा उठाएर मुलुकको स्वाधीनतासँगै जनताको हित हुन नसक्ने भन्दै कम्यु’निष्ट पार्टीहरुबीचको एकताको झण्डा उठाउनुपर्ने बताउँदै आएका छन् । प्रचण्ड र माधव नेपाल आफूहरुको मात्रै पार्टी एकता नभएर अन्य कम्यु’निष्टहरुबीच पनि एकताको लागि प्रयास गर्ने निष्कर्षमा छन् ।

यसैबीच जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र उपेन्द्र यादव पनि सके पार्टी एकता नभए गठबन्धन बनाएर बनाएर जान सहमत भएका छन् । बाबुराम र उपेन्द्रले पार्टी एकताको लागि सम्भव नभएको खण्डमा संयुक्त मोर्चा बनाएर जानुपर्ने पक्षमा छन् । -दैनिक न्युज नेपाल

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज