खाडी र मलेसियामा ५४५ जना नेपाली श्रमिक जे’लमा, २५ जनालाई मृ’त्यु दण्डको स’जाय !


काठमाण्डौ : वैदेशिक रोजगारीका लागि खाडीका ६ देश र मलेसिया गएका ५४५ जना नेपाली त्यहीको जे’लमा थुनिएका छन् । वैदेशिक रोजगार बोर्डको पछिल्लो तथ्याङ्क अनुसार विभिन्न मुद्दामा ५४५ नेपाली श्रमिक जे’ल परेका हुन्।

जे’लमा ५ सय २६ जना पुरुष र १९ जना महिला रहेका छन् । जे’लमा रहेका नेपाली मध्ये २५ जनालाई त मृ’त्यु दण्डको स’जाय सुनाइएको छ । बोर्डका अनुसार कुवेतमा ३ जनालाई यूएईमा १ जनालाई, मलेसियामा १६ जनालाई र साउदी अरबमा पाँच जना नेपाली श्रमिकलाई मृ’त्युदण्डको सजा’य सुनाइएको छ ।

१६ जनालाई भने आजीवन कारा’वासको स’जाय तोकिएको छ । कुवेतमा ९ जनालाई, यूएईमा ४ जनालाई र कतारमा ३ जनालाई आजीवन कारावासको स’जाय तोकिएको बोर्डको तथ्याङ्कमा उल्लेख छ । बहराइनमा २ जना नेपालीलाई २५ वर्षको जे’ल सजाय तोकिएको छ भने कुवेत, कतार र बहराइनमा एक एक जनालाई १५ वर्षको जे’ल सजाय भएको छ ।

३६ जना नेपालीहरूलाई १५ वर्षभन्दा कम जे’ल स’जाय तोकिएको छ । कुवेतमा ३१, यूएईमा ४ र बहराइनमा १ गरी ३६ जना नेपाली १५ वर्षभन्दा कमको जे’ल स’जाय भोगिरहेका छन् ।

यस्तै २९ जनालाई १० वर्षभन्दा कम, १ जना पाँच वर्षभन्दा कम, ४४ जनालाई एक वर्षभन्दा कम, ७५ जनालाई तीन महिनाभन्दा कमको जे’ल स’जाय तोकिएको छ । २ सय ९३ जनाको स’जाय तोक्न बाँकी रहेको र १८ जनालाई जरि’वाना तोकिएको बोर्डले जनाएको छ ।

कुन देशमा कति?

वैदेशिक रोजगार बोर्डका अनुसार खाडीको देश कुवेतमा ३ जना महिला र ५५ जना पुरुष गरी ५८ जना, यूएईमा १२ जना महिला र १७३ जना पुरुष गरी १ सय ८५ जना, ओमानमा २ जना महिला र १ जना पुरुष गरी ३ जना, साउदीमा ५४ जना, कतारमा ३५ जना र बहराइनमा ५ जना रहेका छन् । मलेसियामा २ जना महिला र २०३ जना पुरुष गरी २०५ जना जे’लामा रहेका छन् । -उज्यालो अनलाइन बाट

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज