एमाले नाम प्रयोग गर्न माधब नेपाललाई प्रतिबन्ध ! –  


काठमाडौं : नेकपा एमालेबाट विभाजन भएर नयाँ दल दर्ता प्रक्रिया अघि बढाएको माधब नेपाल समुहलाई नयाँ दल दर्ता गर्दा एमाले नाम प्रयोग गर्न प्रतिबन्ध लागेको छ ।

सोहि अनुरुप माधवकुमार नेपालले निर्वाचन आयोगमा बिहीबारनै नेकपा एमाले समाजवादीको नाम परिर्वतन गरि पार्टी दर्ताको निवेदन दिएको पाइएको छ। पहिले साचेको नाम नेकपा एमाले समाजवादी राखेर दल दर्ता गर्न नमिल्ने भएसंगै अब नयाँ

पार्टीको नाम बिचको एमाले शब्द हटाएर नेकपा एकीकृत समाजवादि पार्टी हुने भएको छ । यो संगै अब माधब नेपालको नयाँ पार्टीमा लाग्नेहरुले आफ्नो पार्टीबारे बोल्दा एमाले शब्द उचाहरण र लेख्न नपाउने भएका छन । नेपालपक्षकी केन्द्रीय सदस्य निरा जैरुले बिहीबार ४ बजे निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दर्ता भएको बताइन्।

‘एमाले हटाएर कागजपत्र बुझाएका छौं,’ उनले भनिन्, ‘आज आयोगले प्रमाणपत्र उपलब्ध गराउँछ होला।’ आयोगले एमाले नाम राख्दा मूलपार्टीसँग जुध्ने भन्दै फरक नाम ल्याउन सुझाव दिएको थियो।

लगत्तै उनीहरुले एमाले हटाएर समाजवादीका लागि मात्र निवेदन दिएका थिए। यस अघिनै माधब समुह नयाँ दल दर्ता गर्न जादा निर्वाचन आयोग चुनाव चिह्न खुल्ला किताब पनि उन्नत लोकतन्त्र पार्टीसंग मिलेपछि अप्ठोरोमा परिसकेको छ । तर माधब समुहले अहिले सम्म चुनाव चिन्हबारे विकल्प दिन सकिरहेको छैन ।

चुनाव चिन्ह कै कारण हिजो बिहिबार नै उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपाल सहित पार्टीका केन्द्रिय सदस्यहरु गएर केहि बाकि रहेको सनाखत गर्नु पर्ने काम समेत गरिसकेको छ । यदि चुनाव चिन्ह माधब नेपालको नयाँ पार्टीलाई दिए कानुनी प्रक्रियामा जाने उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले चेतावनी दिएका छन । चुनाव चिन्हबारे भने छलफल जारी रहेको माधब समुहका नेताहरुले बताएका छन ।

राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारको सिफारिसमा बुधबार राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल दर्ताको निवेदन दनि निर्वाचन आयोग पुगेको थियो। त्यसक्रममा दलको नाम नेकपा एमाले समाजवादी र निर्वाचन चिह्न खुला पुस्तक राखिएको थियो।

तर चुनाव चिह्न अन्य दलसँग जुँधेपछि पछि निर्णय गरिने उक्तपक्षका नेताहरुले जनाएका थिए। तर नेकपा एमालेसँग नाम जुँधेको भन्दै आयोगले नाम फेर्न नेपालपक्षलाई भनेको थियो। त्यसपछि नेकपा एमाले समाजवादीको नाम फेरेर नेकपा एकीकृत समाजवादी दर्ता गरिएको जैरुले जानकारी दिइन्।

माधब नेपालले एमालेबाट अलग्गिएर नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेपछि नेपाल समुह मै असतृष्टि भएसगै दुई समुहमा बिभाजन भएको छ । लामो समय देखि साथ दिदै आएका बिषेश गरि एमाले पार्टीको दोश्रो तहका नेताहरुले उनको साथ छाडेर

पार्टीलाई फेरि पनि एकता गर्न जोडबल सहित लागिपरेका छन । दोश्रो तहका नेताहरु भिम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भिम आचार्य, युवराज ज्ञावाली लगायत धेरैले साथ छाडेका छन । माधब नेपालको साथ छाडेका अष्टलक्ष्मी शाक्य त प्रदेश ३ को मुख्यमन्त्री नै बनिसकेकी छिन ।-दैनिक न्युज नेपाल

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज