मेरो सेयरमा पासवर्ड परिवर्तन गर्ने सुविधा उपलब्ध, यसरी सजिलै गर्नुस् आफ्नो पासवर्ड परिवर्तन


के तपाईँले मेरो सेयरको पासवर्ड बिर्सिएर हैरान हुनुभएको छ ? चिन्ता नलिनुस्, किनभने अब तपाईं आफैँले पासवर्ड रिसेट गर्ने सुबिधा पाउनु हुनेछ।

लगानीकर्ताहरुले मेरोशेयरको पासवर्ड बिर्सदा भोग्नु परेको समस्याको अन्त्य भएको छ। केन्द्रिय निक्षेप प्रणाली (सिडीएससी) ले लगानीकर्तालाई नै पासवर्ड रिसेट गर्ने विकल्प दिएको हो ।

मेरो सेयर सञ्चालकले हालै मेरो सेयरमा ‘फर्गट योर पासवर्ड’को सेवा थप गरेको छ। यससँगै मेरो सेयर प्रयोगकर्ताले आफ्नो खाताको पासवर्ड बिर्सिएमा स्वयम् आफैँले पासवर्ड रिसेट गर्न सक्नेछन् ।

यस अघि पासवर्ड बिर्सिएको खण्डमा सिडीएसले १०० पटक कोसिश गर्नसक्ने विकल्प दिएकोमा अब भने सिडीएसले ‘फरगट पासवर्ड’ को विकल्प दिएको हो ।

यसअघि पासवर्ड बिर्सिएको खण्डमा सम्बन्धित निक्षेप सदस्यलाई निवेदन दिएपछि मात्रै उक्त सेवा पुनः सुचारु हुने व्यवस्था थियो । तर अब भने मेरो सेयर प्रयोगकर्ताले उक्त झन्झट झेल्नु पर्दैन ।

नयाँ फिचर आएसँगै लगानीकर्ताले पासवर्ड बिर्सिए पनि आफैँ जुनसुकै समयमा परिवर्तन गर्न सक्नेछन् ।

यसरी गर्नुस् आफैंले पासवर्ड रिसेट

१. पासवर्ड बिर्सिँदा मेरोशेयर खोलेर फर्गट योर पासवर्ड (Forgot your password ?) मा क्लिक गर्ने।

२. निक्षेप सदस्य, युजर नेम, इमेल आइडी र जन्ममिति राखेर क्लिक सेन्ड बटनमा क्लिक गर्ने ।

३. तपाईँले सो स्थानमा भरेको जानकारी हुबहु मिलेमा “New password has been sent to your email” भन्ने म्यासेज आउँछ र हुबहु नमिलेमा “The information you have provided doesn’t match with the registered information” भन्ने संदेश आउँछ ।

४. जानकारी मिलेको भए इमेलमा नयाँ पासवर्ड आउने छ। सो इमेलमा तपाईंकाे डीपी आईडी, लगइन आईडी र पासवर्ड पठाइएकाे हुन्छ। त्यसमा तपाईँको लागि लगइन लिंक समेत दिईएको हुन्छ ।

५. धेरै पटक पासवर्ड रिसेट गर्ने कोशिस गरेमा (Maximum forgot password attempted) भन्ने संदेश आउछ र यस्तो भएमा अर्को दिन मात्र फेरी कोशिस गर्न पाइने छ ।

६. सो लगइन लिंकमा क्लिक गरेपछि मेरो सेयरको नयाँ पेजमा पुगिन्छ। जहाँ ओल्ड पासवर्ड, न्यू पासवर्ड राखेर पासवर्ड कन्फर्म गर्नुपर्ने हुन्छ । यससँगै ओल्ड पासवर्डमा अघि इमेलमा आएको पासवर्ड राख्नुहोस् । त्यसपछि न्यू पासवर्डमा आफुले राख्न चाहेको नयाँ पासवर्ड राख्नुहोस् ।

यसपछि तपाईँको नयाँ पासवर्ड परिवर्तन पुरा हुनेछ र मज्जाले मेरो सेयर चलाउन सक्नुहुनेछ।


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज