एडोबद्वारा फ्रेम डट आईओको स्वामित्व ग्रहण


एडोबद्वारा फ्रेम डट आईओको स्वामित्व ग्रहण

एडोबले फ्रेम डट आईओको स्वामित्व ग्रहण गर्ने घोषणा गरेको छ। कम्पनीले शुक्रबार लगभग १० लाख उपभोक्ता भएको भिडियो समीक्षा तथा कोलाबोरेशन प्लेटफर्म फ्रेम डट आईओको स्वामित्व १ अर्ब २७ करोड ५० लाख डलरमा अधीनमा लिने जानकारी दिएको हो।

पोस्ट प्रडक्शन कम्पनीका मालिक एमेरी वेल्स तथा प्रविधिविज्ञ जोन ट्राभरद्वारा सन् २०१४ मा स्थापित न्यूयोर्कमा मुख्यालय रहेको फ्रेम डट आईओ  चलचित्र निर्माताहरुलै दैनिक सामना गर्ने कामको चुनाैतीलाई समाधान गर्न खोलिएको थियो।

हिजोआज यसले मिडियाका डेली स्क्रिप्ट टोरीबोर्ड वर्क इन प्रोग्रेस आदिलाई केन्द्रिकृत गरेर सिर्जनशील पेशेवरहरुलाई भिडियो सिर्जना प्रक्रिया स्ट्रिमलाइन गर्न सहयोग गर्छ। यसले यो प्रक्रियामा फ्रेम एक्युरेट फीडब्याक तथा कमेन्ट, एनोटेशन र रियल टाइम अप्रुभललाई ठाउँ दिने गर्छ।

कम्पनीले यसबाहेक भाइमियो, बक्स र ड्रपबक्सजस्ता अन्य क्लाउड होस्टिङभन्दा द्रुत अपलोड स्पीड बिक्री गर्ने गर्छ।

TK Viber

प्रकाशित: ५ भाद्र २०७८, शनिबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज