राजसंस्था पुर्नस्थापनाको माग – Thulo Khabar


४ भदौं, वीरगञ्ज । वीरगञ्जमा राजावादीहरुले प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रवाद संघले प्रदर्शन गरेको हो ।

‘राष्ट्र र राष्ट्रियता राजसंस्थामाथि निर्भर छ ’ भन्दै संघले राजसंस्था पुर्नस्थापना हुनुपर्ने मागसहित विभिन्न गतिविधि गर्दै आएको छ ।

रत्नराज्य लक्ष्मीदेवी शाहको ९४औं शुभ जन्मोत्सवको अवसरमा शुभकामना र्‍याली निकलिएको राष्ट्रवाद संघका अध्यक्ष जनकलाल साहले जानकारी दिए ।

शुक्रबारको प्रदर्शनमा एमसीसीको समेत विरोध गरिएको थियो । प्रदर्शनकारीहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

उनीहरुले गणतन्त्रको विरोध गर्दै राज संस्थाको समर्थनमा नाराबाजी समेत गरे। घण्टाघरबाट निकालिएको र्‍याली नगरपरिक्रमा पछि बाल मन्दिरमा पुगेर रत्नराज्यलक्ष्मीको तस्वीरमा माल्यार्पण गरी सम्पन्न भएको आयोजकले जनाएको छ ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज