ट्विटरमा अब गलत सूचना तथा जानकारीको विरुद्ध सिधै रिपोर्ट गर्न सकिने


सामाजिक सञ्जाल ट्विटरले आफ्नो प्लेटफर्ममा गलत सूचना तथा जानकारी ट्वीट गर्ने प्रयोगकर्ताको विरुद्धमा उजुरी लिने भएको छ।

गलत सूचनाको प्रवाह बढेको र त्यसले दिनप्रतिदिन नकारात्मक असर पारेको भन्दै ट्वीटरले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिन मिल्ने व्यवस्था गर्न लागेको हो ।

गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी गर्न मिल्ने व्यवस्था गरेपछि गलत सूचना प्रवाह हुने क्रम न्यूनीकरण हुने अपेक्षा गरिएको छ।

ट्विटर प्रयोगकर्ताहरुले ‘रिपोर्ट ट्वीट (Report Tweet)’ मा क्लिक गरेर ‘यो भ्रामक’ छनौट गर्न सक्षम हुनेछन्। सामाजिक सञ्जाल जायन्टले भन्यो, ‘हामी तपाईँलाई ट्वीट्स रिपोर्ट गर्नको लागी एक सुविधाको परीक्षण गर्दैछौं जुन भ्रामक देखिन्छ-जसरी तपाइँ उनीहरुलाई देख्नुहुन्छ।’

ट्विटरले यो फिचर परीक्षण प्रयोगको दौरान प्रत्येक रिपोर्टमा कारबाही गर्न नसकेपनि प्रयोगकर्ताको इनपुटले कम्पनीलाई प्रवृत्ति बुझ्न मद्दत गर्दछ र छिटो यो सुविधामा काम गर्न सक्षम हुने बताएको छ।

यसअघि नै व्यक्तिगत रूपमा अपमानित गर्ने, गाली बेइजती गर्ने, अर्काको स्वन्त्रता हनन् गर्नेजस्ता कार्यका विरुद्धमा उजुरी दिन पाईने व्यवस्था ट्विटरले गरेको थियो ।

गलत सूचना प्रवाह सम्बन्धमा पनि त्यही प्रक्रिया र प्रकृतिले उजुरी दिनसकिने व्यवस्था गर्न लागिएको सञ्चालकहरूले जनाएका छन् । विशेष गरेर राजनीति, जनस्वास्थ्य लगायतका विषयमा आउने गलत सूचनालाई न्यूनीकरण गर्ने ट्वीटरको प्रयास हो ।

कुनै ट्वीटर ह्यान्डलबाट पटक/पटक गलत सूचना प्रवाह भएको पुष्टि भएमा त्यसलाई निष्क्रीय पारिदिनेसम्मको योजना ट्वीटरले बनाएको जनाइएको छ ।

अहिले सुरुमा परीक्षणका रूपमा अमेरिका, अष्ट्रेलिया र दक्षिण कोरियाका प्रयोगकर्ताहरूले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिनसक्ने व्यवस्था गरिएको छ ।

यो सुविधा केही महिनापछि अन्य देशहरूबाट पनि उपलब्ध हुने अधिकारीहरूले जानकारी दिएका छन् । एजेन्सी


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज