अब एमालेमा ओलीका मुख्य प्रतिद्व’न्द्वी भिम रावल ! –  


काठमाडौं : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले विभाजन गरेपछि उक्त पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली झन् बलियो भएका छन् ।

विगतमा ओलीको आन्तरिक प्रतिद्वन्द्वी केन्द्रीय सदस्य झण्डै आधा भएकोमा अब ह्वात्तै घटेका छन् । माधवकुमार नेपालको साथमा झण्डै ३० प्रतिशत केन्द्रीय सदस्य गएपछि ओली पार्टीभित्र निकै बलिया भएका हुन् ।

एमालेमा अब अध्यक्ष अ‍ोलीको आन्तरिक प्रतिद्वन्द्वी उपाध्यक्ष भीम रावल भएका छन् । वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम माधव नेपालको साथमा पुगेपछि रावल ओली पछि दोस्रो वरियतामा रहेका छन् । रावलले नै एमालेभित्र ओलीविरोधी खेमाको नेतृत्व गर्ने बुझिएको छ ।

उनको पक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्यलगायत हस्तीहरु रहेका छन् । यो समूहले ओलीसँग एमालेभित्रै संघर्ष गर्ने निर्णय लिएर माधव नेपालको साथ छाडेको बुझिएको छ ।

एमाले फुटाउँदा माधव नेपाललाई भिम रावल देखि योगेश जस्ता प्रभावशाली नेताले छाडे साथ !

नेकपा एमाले विभाजन गर्न लाग्दा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई लामो समय साथ दिएकाहरुले साथ छाडेका छन् । नेपालसँग लामो समय सहकार्य गरेका एमालेका पदाधिकारीहरुले नै साथ छाडेका हुन् ।

माधव नेपालको साथ छाड्नेहरुमा एमालेका पदाधिकारीहरु समेत छन् । एमाले उपाध्यक्ष भीम रावलले पहिल्यै नै साथ छाडिसकेका छन् । उनलाई पछिल्लो समय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले साथ छाडेका छन् ।

शाक्य एमाले विभाजनको विपक्षमा रहँदै आएकी थिइन् । उनले २०५५ सालमा महाकाली सन्धीको बि’रोध गरेपनि एमाले विभाजन गर्दा बामदेव गौतमलाई साथ दिइनन् । यसपटक पनि उनले पार्टी फुटाउन लागेका माधव नेपाललाई साथ दिइनन् ।

उपाध्यक्ष युवराज ज्ञवाली पनि विभाजनको विपक्षमा उभिएका छन् । उनले पनि माधव नेपाललाई साथ दिएनन् । केपी शर्मा ओलीका कटु आलोचक भएपनि उनले एमालेभित्रै रहेर ओलीसँग संघर्ष गर्ने निर्णय लिएका छन् ।

रावल, शाक्य र ज्ञवाली माधव नेपालको खेमाबाट नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हुन् । उनीहरुलाई नेता नेपालका विश्वासपात्र मानिन्थ्यो ।

पार्टी फुटाउन साथ नदिनेमा माधव नेपाल पक्षका गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य पनि हुन् । उनीहरु नवौं महाधिवेशनबाट निर्वाचित सचिव हुन् । माधव नेपाल पक्षबाट चुनाव लडेर महाधिवेशनमा विजयी भएका उनीहरुले ओलीसँग संघर्षमा साथ दिएपनि पार्टी फुटाउन साथ दिएनन् ।

यसैगरी, माधव नेपाल पक्षबाट नवौं महाधिवेशनबाट महासचिवको उम्मेदवार बनेका सुरेन्द्र पाण्डे अलमलमा छन् । उनी पार्टी फुटाउने पक्षमा छैनन् । तर, माधव नेपाल पक्षमा जान दबा’ब छ । विश्वस्त स्रोतका अनुसार पाण्डे पनि माधव नेपालसँग नजाने पक्षमा उभिने भएका छन् ।

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज