चीनलाई प्राथमिकता दिदैं,ता’लिबानद्वारा भारतसँगको व्यापार बन्द ।


एजेन्सी:ता’लिबान अफगानिस्तानको श’क्तिमा आएसँगै अफगानिस्तान र भारतबीचको व्यापार बन्द भएको छ। भारतले तालिबानले व्यापार बन्द गरिदिएको जानकारी दिएको हो।

भारत र अफगानिस्तानको व्यापार विशेष गरी सडक मार्गबाट हुँदै आएको थियो।भारतको फेडेरेसन अफ इन्डियन एक्सपोर्ट अर्गनाइजेसन एफआईईओका अनुसार तालिबालने सवारीको आवत–जावत रो’किदिएका छन्। जसका कारण लाखौं डलरको सामान आयात र निर्यात हुन पाएको छैन।

व्यापारको मामिलामा अफगानिस्तान भारतको सबैभन्दा ठूलो सहयोगी हो।अफगानिस्तानमा ड्या’म बनाउन, विद्यालय तथा सडक निर्माण गर्न भारतले लाखौं डलर लगानी गरेको छ। एफआईईओका महानिर्देशक डाक्टर अजय सहायले समाचार संस्था एएनआईलाई भनेका छन्,‘अफगानिस्तानको स्थितीमा हामीले लगातार न’जर राखेका छौं।

त्यहाँबाट आयात भएको सामग्री पाकिस्तानको सडक हुँदै भारत आउँछन्। अहिले भने तालिबानले पाकिसतानतर्फ जाने सबै माल’वाहक सवारी रो’किएका छन्। आयात पुरै ठप्प पारेको छ।’ इन्टरनेसनल ट्रेड सेन्टरको रिपोर्टअनुसार भारतले अफगानिस्तानमा सबैभन्दा बढी ड्रा’इफ्रुट निर्यात गर्दछ।

तर ता’लिबानको आ’गमनसँग अवस्था फेरिने देखिएको छ। चीनले यसअघि नै अफगानिस्तान पुनः निर्माणमा सहयोग गर्ने प्र’तिवद्धता व्यक्त गरेको थियो भने ता’लिबानले चि’नियाँ लगानीको आशा राखेका छन्। अब ता’लिबानले भारतसँगको सम्बन्धलाई त्या’गेर चीनसँग व्यापार गर्न थाल्ने अनुमान गरिएको छ।

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज