आज प्रचण्ड, माधव र बाबुराम एउटै मञ्चमा उभिँदै –  


काठमाडौं : आज (बिहीबार) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई एकसाथ एउटै मञ्चमा उभिने भएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा समाजवादी केन्द्र नेपालले आयोजना गर्न लागेको ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तर्क्रिया कार्यक्रममा तीन नेता सहभागी हुने भएका हुन् ।अन्तर्क्रियाको प्रमुख वक्ताको रुपमा प्रचण्ड हुनुहुन्छ भने विशेष वक्ताको रुपमा नेपाल र भट्टराई रहनुभएको छ ।

उक्त कार्यक्रममा वामदेव घिमिरेद्वारा लिखित ‘कृषि र समाजवाद’ पुस्तकको विमोचन समेत हुने जनाइएको छ ।
थप समाचार – वरिष्ठ नेता माधवकुमार नेपालले अलग भएर नयाँ दल गठन गरेपछि नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एकताका लागि भएका सबै प्रयास निरर्थक बनेको भन्दै अपिल जारी गरेका छन्।

नेता नेपालले ९५ सदस्यीय नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिइसकेका छन्।पार्टीभित्रको एकता कायम राख्न माधव नेपाललगायत केही नेतासँग आफैंले पनि पटकपटक छलफल गरेको तर ती सबै निरर्थक बनेको भन्दै महासचिव पोखरेलले दुःख व्यक्त गरेका हुन्। ‘यसबीच पार्टीभित्रको एकतालाई कायम राख्न पटकपटक अपिल गरिएको छ।

माधव नेपाललगायत केही साथीहरूसँग यसबीच म आफैंले पनि पटकपटक कुराकानी गरेको छु, छलफल गरेको छु,’ महासचिव पोखरेलले जारी गरेको अपिलमा भनिएको छ, ‘तर ती सबै निर्रथक बने!’यस्तै उनले ‘केही मानिस’ बाहिरिँदैमा विचलित नहुन स्वदेश तथा विदेशमा रहेका एमालेका नेता/कार्यकर्ता तथा शुभेच्छुकलाई अनुरोध पनि गरेका छन्।

‘फुटको विगत हामी सबैले देखेका–भोगेका हुनाले केही मानिसहरू कुण्ठा तथा बद’लाको भावना बोकेर बाहिरिँदैमा ‘धैर्यता नगुमाउन देश तथा प्रवा’समा रहेका नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई हार्दिक अ:पिल गर्दछु,’ पोखरेलले भनेका छन्,

‘नेकपा (एमाले) पार्टी तथा आन्दोलनलाई अगाडि बढाउन संकल्पबद्ध छ, दृढताका साथ अघि बढिरहनेछ।’पार्टी फुटाएर एमालेको आन्तरिक जीवनमा मात्र नभई नेपालको कम्युनिस्ट आन्दोलन तथा मुलुकको लोकतान्त्रिक राजनीतिक आन्दोलनमै धब्बा लगाउने काम गरिएको आरोप लगाउँदै पोखरेलले घट’नाकाे निन्दा गरेका छन्।

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज