आईटी पूर्वाधारको सुरक्षा गर्न र साइबर आक्रमणबाट बचाउन चीनले ल्यायो नयाँ नियम


आईटी पूर्वाधारको सुरक्षा गर्न र साइबर आक्रमणबाट बचाउन चीनले ल्यायो नयाँ नियम

चिनियाँ प्रधानमन्त्री ली खछ्याङ्गले प्रमुख सूचना प्रविधि (आईटी) पूर्वाधार सुरक्षा सम्बन्धी प्रशासनिक नियमन प्रकाशित गर्ने राज्य परिषदको आदेशमा हस्ताक्षर गरेका छन्।

राज्य काउन्सिलको बयानअनुसार, देशका प्रमुख आईटी पूर्वाधारले बारम्बार साइबर हमलालगायत गम्भीर सुरक्षा चुनौतीको सामना गर्नुपर्ने भएकाले यो नियम जारी गरिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

सेप्टेम्बर १ बाट लागु हुने नयाँ नियमनले प्रमुख आईटी पूर्वाधार परियोजनाहरुको पहिचान गर्ने र परिभाषित गर्दछ, यसका साथै यी परियोजनाहरुको सुरक्षा र अपराधीहरुलाई सजाय सम्बन्धी अपरेटरहरुको दायित्व स्पष्ट गर्दछ।

नियमन अनुसार प्रमुख आईटी पूर्वाधार परियोजनाहरु भनेको आईटी नेटवर्क सुविधाहरु र प्रमुख उद्योगहरुको सूचना प्रणाली र प्रमुख क्षेत्रहरुमा छन्।

राज्य साइबरस्पेस प्रशासनले समन्वयको जिम्मा लिनेछ, सार्वजनिक सुरक्षा विभागले सुपरिवेक्षण प्रदान गर्नेछ, र राज्यका टेलिकम नियामक र अन्य सम्बन्धित विभागहरुले आफ्नो अधिनमा रहेका प्रमुख आईटी पूर्वाधार परियोजनाहरुको सुरक्षा नियन्त्रणको लागी जिम्मेवार हुनेछन्।

प्रमुख आईटी पूर्वाधार परियोजनाहरुको सञ्चालकहरुले ईमानदारी कायम राख्ने प्राथमिक जिम्मेवारी लिन्छन्, त्यसैगरि उनीहरुले गोपनीयता र सान्दर्भिक डाटाको उपलब्धता कायम राख्ने प्राथमिक जिम्मेवारी बोक्छन्।

यसले अपरेटरहरुको लागी साइबर सुरक्षा सुनिश्चित गर्ने आवश्यकताहरुलाई निर्धारित गर्दछ। सुरक्षा जाँच र जोखिमको आकलन हरेक बर्ष सुरक्षित र विश्वसनीय इन्टरनेट उत्पादन र सेवाहरुमा प्राथमिकता सहित गर्नुपर्नेछ।

“चिनियाँ मुख्य भूमि भित्र संचालनको अवधिमा उत्पादित निजी जानकारी र महत्वपूर्ण डाटा संकलनको भण्डारण अपरेटरहरुद्वारा मुख्य भूमिमा गरिनु पर्दछ,” नियममा भनिएको छ, “व्यापार आवश्यकताहरुको लागी विदेशमा यस्तो डाटा प्रदान गर्न सुरक्षा आकलन आवश्यक हुनेछ।”

यदि उनीहरु आफ्नो कर्तव्यमा असफल भए नियम अनुसार प्रमुख आईटी पूर्वाधार परियोजनाहरुका संचालकहरु र सम्बन्धित नियामक एजेन्सीहरुले प्रशासनिक र आपराधिक दण्डको सामना गर्नेछन्।

TK Viber

प्रकाशित: २ भाद्र २०७८, बुधबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज