जुम्लाका किसानलाई आधुनिक कृषि औजार वितरण    – Thulo Khabar


२ भदौ, खलङ्गा । कृषि विकास कार्यालय जुम्लाले किसानहरुलाई रु. ३३ लाखको कृषि औजार सामग्री वितरण गरेको छ । कृषि खेतीमा किसानलाई सहज बनाउन औजार वितरण गरिएको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिए ।

परम्परागत औजारले समय धेरै लाग्ने र उत्पादन कम हुने भएकाले बजारमा भित्रिएका नयाँ र आधुनिक औजार वितरण गरिएको हो । कृषि कर्मलाई सजिलो गर्ने उद्देश्यले कृषि औजारहरु वितरण गरिएको कार्यालय प्रमुख देवकोटाले बताए । सो कार्यालयबाट ३२ थ्रेसर मेशिन, २२ हाते ट्र्याक्टर, ७८ सेट कटिङ मेशिन, दुई पावर ट्रिलर र दुई लिप्ट पम्पसेटसहितका आजार वितरण गरिएको कृषि कार्यालयले जनाएको छ ।

किसानहरुलाई आवश्यक पर्ने कृषि औजारहरु वितरण गरिएको सो कार्यालयका वरिष्ठ कृषि अधिकृत खेमराज शाहीले बताए । खनजोतका लागि सजिलो गराउन किसानहरुलाई हाते ट्र्याक्टर उपलब्ध गराइएको छ । जुम्लामा उत्पादन हुने स्याउ बिक्री गरेर बचेमा चाना बनाउने उपकरण पनि किसानहरुलाई हस्तान्तरण गरिएको छ । कृषि क्षेत्रको विकास र सिँचाइको सुविधा उपलब्ध गराउन चालु आर्थिक वर्षमा ४१ वटा सिँचाइ आयोजना कार्यालयबाट निर्माण हुने कार्यालयले जनाएको छ ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज