अफगानिस्तान बाट एक सय २७ जना नेपाली काठमाडौं आइपुगे ।


काठमाडौ : अफगानिस्तानबाट कुवेत हुँदै एक सय २७ जना नेपाली काठमाडौं आइपुगेका छन् । कुवेती विमान कम्पनी जजिरा एयर चार्टड गरेर उनीहरु काठमाडौं आईपुगेका हुन् ।

अफगानिस्तान स्थित अमेरिकी दुतावासमा कार्यरत उनीहरु अमेरीकाले गरेको चार्टड उडानबाट काठमाडौं आईपुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आज

बिहान १० बजेर १६ मिनेटमा उक्त जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो ।अमेरिकी एयरफोर्सले उद्धार गरेर कुवेत पु¥याएकाहरु काठमाडौं आईपुगेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले अफगानिस्तानबाट कुबेत हुँदै १२७ नेपाली आज बिहान काठमाडौं आइपुगेको बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले अफगानिस्तानबाट कुबेत हुँदै १२७ नेपाली आज बिहान काठमाडौं आइपुगेको बताए ।अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा नेपालीलाई पठाउने कम्पनी एफएसआई वर्ल्डवाइड

नेपालका सञ्चालक बुद्धिबहादुर गुरुङले ३८५ जना नेपालीलाई अमेरिकाले उ’द्धार गरेर दोहा पु¥र्याएको र तीमध्ये १ सय २७ जना आज बिहान नेपाल आइपुगेको बताएका छन् ।
तर परराष्ट्र मन्त्रालयले भने ११८ जना नेपाली काठमाडौं आएको ट्वीटरमार्फत् जानकारी दिएको छ ।

उनीहरुलाई लिन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ । अफगानिस्तानबाट आएका नेपालीहरुलाई सामाखुसीस्थित एक क्वा’रेन्टिनमा राख्ने र

प्रक्रिया पु¥र्याउनु घर फर्काइने सुरक्षा स्रोतले बतायो ।
अफगानिस्तानमा अझै केही नेपालीहरु उ’द्धारको पर्खाइमा छन् । परराष्ट्र मन्त्रालयले सोमबार साँझसम्म १३४ नेपालीहरु सम्पर्कमा आएको र सम्पर्कमा आएका सबैलाई उद्धार गर्ने जनाएको छ ।

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज