एमसीसी पास गर्ने नेताहरु अफगानिस्थानको राष्ट्रपतिको जस्तै देश छाडेर भाग्नुपर्ने हुन्छ । –  


काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पो’रेसन एमसीसीको विषयलाई लिएर प्रतिनिधी सभाको आजको बैठकमा गरमागरम आवाज उठको छ ।

तालिवानले अफगानस्थान नियन्त्र’णमा लिएको भोलीपल्ट नेपालको संसद तातेको हो । विचा’राधिन अवस्थामा रहेको एमसीसी पारित गरेमा नेपालको अवस्था पनि अफगानस्थानको

जस्तै हुने र एकदिन एमसीसी पास गराउँने शासकहरु पनि अफगानस्थानका राष्ट्रपति र उपराष्ट्रपति भागेको जसरी भागेर अरुको शरणमा जानु पर्ने अवस्था आउने सम्मको चर्चा सदनमा भएको छ । आज संसद बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै नेपाल मु’जदुर किसान पार्टीका सांसद प्रेम

सुवालले एमसीसी पास गर्नेको हालत अफगानस्थानको राष्ट्रपति र उपराष्ट्रपतिको जस्तो हुने बताएका छन् । जसले एमसीसी पास गर्छ एक दिन त्यसले हिजो अफगानस्थानको राष्ट्रपति र उपराष्ट्रपति भागेको जसरी भाग्नुपर्ने छ सुवालले भनेका छन् ।

त्यसै गरी आजको संसद बैठकमा नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले अमेरिकी सहयोग एमसीसी, एमसीसी भनेर बुरुक्क बुरुक्क नउफ्रिन र अफगानिस्तान घट’नाबाट केहि सिक्न सबैलाई सुझाब दिएका छन्।सांसद सुनुवारले केवल विदेशी सेना र सहयोगले सत्ता टिकाउन नसकिने रहेछ भन्ने अफगानिस्तानको घट’नाले पुष्टि गरेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सुनुवारले भनेस् केवल बाहिरको सेना र सहयोगले मात्रै त्यो देशको सत्ता टिक्दो रहेन छ भन्ने कुरा अफगानि राष्ट्रपति र त्यहाँका शासकले देश छोड्नु परेको घटनाले देखाएको छ। यो घ’टनाले हामीलाई झस्काइरहेको छ ।’

उनले यो घट’नाबाट अमेरिकी सहयोग एमसीसी स्वीकार गर्ने विषयमा पनि सोच्नुपर्नेमा जोड दिएका छन् । ‘हामी पनि अमेरिकी सहयोग एमसीसी, एमसीसी भनेर बुरुक्क-बुरुक्क नउफ्रौं, त्यसतर्फ ध्यान दिऊ,’ सुनुवारको भनाइ छ।-दैनिक न्युज नेपाल

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज