लुम्बिनीमा निर्मला मुठभरीलाई समानुपातिक सांसद बनाउने जसपाको निर्णय – Thulo Khabar


१ भदौ, बुटवल । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभामा निर्मला मुठभरी भट्टराईलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ । यसअघि सांसद कल्पना पाण्डेयले पार्टी निर्णय र ह्वीप उल्लंघन गर्दै शंकर पोखरेल नेतृत्वको सरकारमा सामेल भएको भन्दै जसपाले उनलाई कारबाही गरेको थियो ।

पाण्डेयको स्थानमा रुपन्देहीको सियारी गाउँपालिका छपियाकी निर्मलालाई सिफारिस गरेको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए । पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले सोमबार यसबारे निर्णय गरेको र मंगलबार निर्वाचन आयोगमा पार्टीको सिफारिस दर्ता गरिएको यादवले बताए ।

लुम्बिनी प्रदेशमा जसपाका ६ सांसदमध्ये कल्पना पाण्डेयसहित सन्तोषकुमार पाण्डेय र विजयबहादुर यादव कारबाहीमा परेका थिए । पाण्डेय र यादव  प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज