काबुलबाट विमानको चक्कामा लुकेर भाग्न खोज्ने अफगानी नागरिक आकाशबाटै खसे !


काठमाडौं : अफगानिस्तान तालिबानको क’ब्जामा पुगेपछि देश छाड्नका लागि मानिसहरु आफ्नो ज्या’नै जो’खिममा राख्न थालेका छन् ।

सोमबार आकाशमा उडिरहेको विमानबाट खसेर ३ जनाको मृ’त्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । सैन्य जहाजको चक्कामा लुकेर यात्रा गर्न खोज्ने तीनजना विमान उडिरहेको बेला खसेको बताइएको छ ।

काबुल सहरको माथि उड्दै गरेको विमानबाट मानिसहरू खसेको भिडियो पनि आएको छ । जसमा मानिसहरू खस्दै गरेको देख्न सकिनेदैनिक भास्करमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ । उनीहरू सैन्य विमा’नको टा’यरमा बसेर भाग्न
खोजेको स्थानीयलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।

विमान आकाशमा उडेपछि उनी एक–एक गरेर खसेको बताइएको छ । केही व्यक्तिको श’व स्थानीयको घरको छतमा खसेको तस्बिर स्थानीयले सामाजिक सञ्जालमा सेयर गरेका छन् । यद्यपि, यसको आ’धिकारिक पु’ष्टि भने हुन सकेको छैन ।

अफगानिस्तानमा तालिबानले क’ब्जा जमाएसँगै काबुल विमानस्थलमा ठूलो भीड देखिएको छ । हाल विमानस्थल अमेरिकी सैनिकको नियन्त्र’णमा रहेको छ ।

रोय’टर्सका अनुसार विमा’नस्थलमा भएको गोलीबारीमा मृ’त्यु हुनेको सङ्ख्या ५ पुगेको छ । सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा भुइँमा श’वहरू देख्न सकिन्छ ।

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज