देउवालाई विश्वासको मत दिएका एमाले सांसदबीच श्रेष्ठ निवासमा छलफल – Thulo Khabar


१ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा एमालेका सांसदहरु किसान श्रेष्ठको निवासमा भेला भएर छलफल गरेका छन् ।

सांसदहरुको छलफल चलिरहेको बेला नेता माधव कुमार नेपाल पनि पुगेका थिए ।

प्रधानमन्त्री देउवालाई एमालेका २२ जना सांसदहरुले फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । उनीहरुबीच भक्तपुरस्थित श्रेष्ठको निवासमा छलफल भएको हो । भेलामा सहभागी एक नेताले समसामयिक अवस्थाबारे ‘सामान्य चियागफ’ भएको बताए ।

तनहुँबाट निर्वाचित श्रेष्ठले ओली कित्ता परिवर्तन गरी नेपाल पक्षमा लागेका छन् ।

यो पनि पढ्नुहोस देउवालाई भोट दिएका किसान श्रेष्ठ : अब म माधव समूहको भएँ, महेश बस्नेतहरु नआई सुख छैन
window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज