तालिबानले सत्ता क’ब्जा गरेपछि ट्रम्पले मागे बाइडनको राजी’नामा ।


एजेन्सी : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडनको राजीनामा मागेका छन् । बाइडनले अफगा’निस्तानको विषयलाई लिएर चौतर्फी आलोचना खेपिरहेका बेला ट्रम्पले राजी’नामा मागेका हुन् ।

ट्रम्पले भनेका छन्, ‘अफगानिस्तानमा गरेको अपमानका लागि उनले राजीनामा दिनुपर्छ ।’ बाइडनले यदि आफू राष्ट्रपति भएको भए अफगा’निस्तानबाट अमेरिका फिर्ता ‘निकै अलग र निकै सफलतापूर्वक’ हुने थियो भनेका छन् ।

यस्तै बाइडन प्रशासनले ट्रम्पलाई जवाफ फ’र्काउँदै अमेरिकी सेना अफगानि’स्तानबाट फिर्ता हुने निर्णय ट्रम्पकै पालामा भएको स्मरण गराएको छ । यद्यपि अमेरिकी सेना फिर्ताको स्पष्ट जानकारी भने बाइडनले सत्ता सम्हा’लेपछि सार्वजनिक भएको थियो ।

बीबीसीका उत्तरी अमेरिका सम्पादक जोन सोपेलले लेखेका थिए– अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने नीति ट्रम्पको थियो तर यस अराज’कताको जिम्मे’वारी बाइडनले लिनुपर्छ ।

अमेरिकी सेना अफगानिस्ता’नबाट फिर्ता हुनासाथ तालिबानले अफगा’निस्तान क’ब्जा गर्ने क्रमलाई तीव्रता दिएको थियो । यस घट’नापछि बाइडनको आलोचना हुँदै आएको छ । न्युज ट्वाटी फो नेपाल

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज