साहारा एप राइड सेयरिङमा सबैको मन जित्दै


साहारा एप राइड सेयरिङमा सबैको मन जित्दै

साहारा एप राइड सेयरिङको दुनियाँमा आफुलाई स्थापित गराउन सफल भएको छ । साहारा एपमा दैनिक सयौंका सख्यामा राइडरहरु थपिरहेको कम्पनीले जनाएको छ । साहारा एपको प्रयोगकर्ता बढिरहेका छन् ।

बजारमा रहेका अन्य कम्पनिको भन्दा सस्तो र गुणस्तरिय सेवा प्रवाहको कारण साहारा एप छोटो समयमा नै लोकप्रिय राइड सेयरिङ बन्न सफल भएको अध्यक्ष शेखर श्रेष्ठको दाबी छ ।

राइडर र ग्राहकमाझ साहारा एप लोकप्रिय रहेको छ । एप बिजनेश ग्रोथ कम्पनी प्रालिले सञ्चालनमा ल्याएको हो । हाल काठमाडौं उपत्यका मात्र सेवा प्रदान गर्दै आएको छ । रोजगारी गुमाएका युवाका लागि राइड सेयरिङ सेवा आम्दानी गर्ने राम्रो माध्यम बनेको छ । राइड सेयरिङको माध्यमबाट युवाहरुले रोजगार पाउनुका साथै सेवाग्राहीहरुले सस्तो, विश्वसनिय सेवा पाउने छन् भने समयको बचत हुने अध्यक्ष श्रेष्ठले स्पष्ट पारे ।

एपमा उच्च गुणस्तरको प्रविधिको प्रयोगका गरिएको छ । कम्पनीमा दक्ष अनुभवि र कुशल व्यवस्थापक र उच्च प्राविधिले गर्दा जनमानसमा बिश्वनियता दिन प्रतिदिन बढ्दै गईरहेको कम्पनीले उल्लेख गरेको छ।

साहारा एप डाउनलोड गरी मोबाइल नम्बर सहितको आफ्नो व्यक्तिगत विवरण भरेर बाइक र गाडी छनौट गरी राइडरहरुले आफुलाई रजिस्टर गराउन सक्ने श्रेष्ठले जानकारी दिए ।

साथै ग्राहकले पनि साहारा एप डाउनलोड गरेर व्यक्तिगत विवरण भरेर रजिस्टर गराउन सक्नेछन्। राइडरले साहारा पार्टनर र ग्राहकले साहारा एप डाउनलोड गर्नु पर्ने जारी विज्ञप्तीमा उल्लखे छ।

TK Viber

प्रकाशित: ३१ श्रावण २०७८, आईतवार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज