अब देखी त्रिभुवन विमानस्थलमा बिदाई कार्यक्रम गर्न नपाइने !


काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलमा भीडभाड कम गर्न विमानस्थल हाताभित्र

विदाइ कार्यक्रम नगर्न भनेको छ। को’रोना संक्र’मणको नया भेरियन्ट’सहितको दोस्रो लहर बढिरहेकोले विदाइ कार्यक्रम निरुत्साहित गर्न अत्यावश्यक अवस्थाभन्दा बाहेक विमानस्थल प्रवेश नगर्न भनेको हो।

विमानस्थलमा आवतजावत गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न भनेको हो। शरीरको तापक्रम मापन गराएर टर्मिनल भवन भित्र प्रवेश गर्न, सेनि’टाइजरको प्रयोग गर्न लाइन लाग्दा दूरी काम गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललले बताएको छ।

थप समाचार
महन्थ ठाकुर पक्षले अधिकार’विहीन नागरिकहरुको पक्षमा सदैव संघर्ष गर्ने !

काठमाडौं : जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षका नेताहरुले अधिकारविहीन नागरिकहरुको पक्षमा सदैव संघर्ष गर्ने बताएका छन् ।

जसपा बागमती प्रदेश समितिद्वारा शनिबार काठमाडौंमा आयोजित प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला उद्घाटन कार्यक्रममा उनीहरुले पटक पटक सरकार परिवर्तन भएपनि मधेश लगाएत पिछडिएका जनताको अधिकार पूर्ण

रुपमा स्थापित हुन नसकेको भन्दै अधिकारविहीन नागरिकहरुको पक्षमा सदैव संघर्ष गर्ने बताएका हुन् । कार्यक्रममा जसपा अध्यक्ष महन्थ ठाकुरले राज्यले मधेश लगाएत पिछडिएका जनताको पक्षमा कुनै काम गर्न नसकेको आ’रोप लगाए ।

जनताको अधिकार स्थापित गर्नका लागि पटक पटक संविधान संशोधनको कुरा उठाएपनि पूरा हुन नसकेको उनको भनाइ छ । उनले अधिकार प्राप्तीका लागि भएको आन्दोलनका घटनामा नेता कार्यकर्तालाइ लगाइएको मुद्धा फिर्ता हुनुपर्ने दोहो¥याए ।

नागरिकताको कुरा गर्दा आफूहरुप्रति अनावश्यक टिप्पणी गर्ने गरेको उनले बताए । त्यस्तै उनले राष्ट्रियसभामा पनि जनताको आधारमा प्रतिनिधित्व हुन नसकेको धारणा राखे ।

कार्यक्रमा जसपा बरिष्ठ नेता राजेन्द्र महत्तोले आफुहरुले पार्टीको नामका लागि नभएर जनताका लागि कामगर्ने भएकाले निर्वाचन आयोगको निर्णयले कुनै फरक नपर्ने बताए ।

उनले जुन उदेश्यले जसपा निर्माण गरिएको हो, सो लक्ष्य
हासिल हुन नसकेको जिकिर गरे । कार्यक्रममा जसपाका अन्य नेताहरुले मधेशलगायत पिछडिएका जनताको अधिकार रक्षाका लागि पार्टीलाई शसक्त रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज