लुम्बिनीका मन्त्री शाहीले भने – मलाई एमालेको ह्वीप लाग्दैन – Thulo Khabar


३१ साउन, बुटवल । लुम्बिनी प्रदेशका विना विभागीयमन्त्री अजय शाहीले आफू स्वतन्त्र सांसद भएकाले नेकपा एमालेको ह्वीप नलाग्ने बताएका छन् ।

एमाले संसदीय दलले स्पष्टीकरण सोधेको चौथो दिन प्रेस विज्ञप्ति जारी गर्दै शाहीले आफू स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित भएको र एमालेको पार्टी सदस्यतासमेत नलिएको बताएका छन् ।

एमालेले साउन २८ गते पत्र काटेर तीन दिनभित्र आफैं उपस्थित भई स्पष्टीकरण बुझाउन शाहीलाई निर्देशन गरेको थियो । एमालेले सोधेको स्पष्टीकरणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै शाहीले राजनीतिक दल सम्बन्धी ऐनअनुसार स्वतन्त्र सांसदलाई कुनै पार्टीको ह्वीप नलाग्ने बताएका छन् ।

२०७४ को आम निर्वाचनमा एमाले र हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहबीच भएको दुई बुंदे सहमतिमा पनि ‘स्वतन्त्र पहिचानका साथ क्रियाशील हुने’ उल्लेख छ । ‘आफ्नो दलको सदस्य नै नभएको व्यक्तिलाई स्पष्टीकरण सोध्नु औचित्यहीन र अलोकतान्त्रिक काम हो,’ शाहीले भने, ‘कार्य क्षेत्र नाघेर एमाले अघि बढ्यो भने कानूनी उपचार खोज्नुपर्ने हुन्छ ।’

शाही साउन २७ गते प्रदेश सभाको विशेष अधिवेशनमा पनि सहभागी थिए । एमालेको संसदीय दलको वैठकले विशेष अधिवेशन बहिष्कार गर्ने निर्णय गरेको थियो । शाही नवलपरासी पश्चिम १ (ख) बाट सूर्य चिह्नबाट चुनाव जितेका थिए ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज