नेपालले पार नलाउने भन्दै यी नेताले गरे कित्ता परिवर्तन, रावल र योगेशले पाउने भए यस्ता अफर !


काठमान्डौ : एमाले अध्यक्ष केपी ओली एकतर्फी रुपमा अघि बढ्न थालेपछि वरिष्ठ नेता माधव कुमार नेपाल नयाँ रणनीति बनाउन जुटेका छन् ।

त्यसका लागि नेता नेपालले गत सोमबार बेलुकादेखि नै आफूपक्षीय स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरुसँग एक्लाएक्लै छलफल गरिरहेका छन् । आफ्नो समूहको केन्द्रीय समिति बैठकमा ओलीसँग मिल्ने वा छुट्टै पार्टी गठन

गर्ने भन्नेमा मिश्रित सुझाव पाएका नेता नेपाल अझै केही दिन पर्ख र हेरको अवस्थामा पुगेका हुन् । आफ्नो समूहको केन्द्रीय समिति बैठकले पार्टी एकताका लागि अन्तिम समयसम्म पहल जारी राख्ने निर्णय गरेको केही दिनमै ओली पक्षले एकपक्षीय बैठक राखेर महाधिवेशन केन्द्रित गतिविधि अघि बढाएपछि

दोधारमा रहेका नेता नेपालले एकदुई नेताहरुसँग छुट्टाछुट्टै छलफल सकेर स्थायी समिति बैठकमार्फत निर्णय गर्ने तयारी गरेका छन् ।

दोस्रो तहका नेताहरु एकताकै पक्षमा रहेका र तेस्रो चौथो तहका नेताहरुले ओलीसँग मिल्न नसकिने सुझाव दिएको अवस्थामा नेपालले कस्तो निर्णय गर्ने हुन् भन्ने चासोको विषय बनेको छ ।

पछिल्लो अवस्थामा के गर्ने र कसरी अघि बढ्ने भन्नेमा निर्णय स्थायी समितिले गर्छ । त्यसका लागि एक दुई दिनमा बैठक बस्छ’ नेता मुकुन्द न्यौपानेले बताए ।

नेता नेपालले छुट्टै पार्टी गठनको तयारी सुरु गरे पनि नेपाल पक्षकै दोस्रो तहका नेताहरु भने ओली संग गोप्य छलफल र सम्बवाद गरिरहेको पाईएको छ।

आफ्नो समूह भित्र पनि पार्टी विभाजन गर्न नहुने तर्क र अडान राख्दै आएका नेताहरु यतिएला ओली समुहमा अवसर पाएको अवस्थामा नेपालको साथ् छोड्ने तयारीमा छन्।

योगेश भट्टराई, गोकर्ण बिष्ट, भिम रावल लगाएतका नेताहरुले पार्टी एकताको नाममा छलफल भने पनि ओली समुहमा आफ्नो स्पेस सुनिश्चित गर्न खोजेको ओली निकट श्रोतले जानकारी दिएको छ। -प्रहार न्युज

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज