तालिबान लडाकु काबुलभन्दा ११ किलोमिटर मात्रै टाढा, थप दुई प्रान्तीय राजधानीमा कब्जा – Thulo Khabar


३१ साउन, काठमाडौं । तालिबान लडाकुहरुले अफगानिस्तानको आधाभन्दा बढी प्रान्तीय राजधानीमा कब्जा जमाएका छन् । उनीहरु अब राजधानी काबुलभन्दा ११ किलोमिटरमात्रै टाढा रहेको समाचार एजेन्सी एपीले जनाएको छ ।

अफगानिस्तानका एक स्थानीय प्रशासकले समाचार एजेन्सी एपीलाई भनेका छन्- तालिबान लडाकु अब केबल ११ किलोमिटर मात्रै टाढा छन् । यद्यपि सरकारको तर्फबाट भने यसको पुष्टि भएको छैन ।

बीबीसीले लेखेको छ- यदि तालिबानले काबुल कब्जा गर्यो भने यो अफगानिस्तान सरकार र सेनाका लागि निकै ठूलो झट्का हुने छ ।

तालिबानले काबुलमा पनि कब्जा जमाउन सक्ने विश्लेषण आइरहेका बेला विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई फिर्ता लैजान काबुलमा सेना पठाउने क्रम जारी छ ।

पछिल्लो जानकारीअनुसार अमेरिका र ब्रिटेनपछि अष्ट्रेलियाले पनि आफ्नो सेनाको एक टुकडी काबुल पठाउँदै छ । यी सेनाहरुले आ-आफ्ना देशका नागरिक र दूतावासका कर्मचारीहरुलाई फिर्ता लैजाने छन् ।

दुई प्रान्तीय राजधानीमा कब्जा

शनिबारमात्रै तालिबान लडाकुहरुले पक्तिका र कुनार प्रान्तका राजधानी कब्जा गरेका छन् । यससँगै शनिबारसम्ममा तालिबानले आधाभन्दा बढी प्रान्तीय राजधानीमा कब्जा जमाइसकेको बीबीसीले जनाएको छ ।

पक्तिकाको परिषद अध्यक्षले भनेका छन्- गुप्तचर विभाग, प्रदेश प्रमुखको कार्यालय, प्रहरी हेडक्वाटर र स्थानीय जेल तालिबानको नियन्त्रणमा छन् ।

यसैगरी एक सांसदले कुनार प्रान्तको राजधानी असदाबाद पनि तालिबानले नियन्त्रणमा लिएको बीबीसीलाई बताएका छन् । ट्वीटरमा सार्वजनिक एक अपुष्ट भिडियोमा तालिबानी झण्डाका साथ मानिसहरु हिंडडुल गरिरहेको देखिन्छ ।

मजार-ए-शरीफ भन्ने शहरमा अफगान सेना र तालिबान लडाकुहरुबीच भयानक गोलीबारी जारी छ ।

काबुलमा डर र निराशा

तालिबान लडाकुहरु राजधानी काबुलको जति-जति नजिक पुग्दैछन्, त्यति-त्यति मानिसहरुमा डर पैदा भएको वातावरण देख्न सकिने बीबीसीले जनाएको छ ।

शनिबार काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकको वातावरण थियो । त्यहाँ अफगानिस्तानमा कार्यरत विदेशी नागरिक, दूतावासका कर्मचारी र अफगानिस्तानकै नागरिक कुनै न कुनै प्रकारले बाहिर जाने उपाय खोजीरहेका थिए । तालिबानले कब्जा गरेका क्षेत्रबाट भागेर काबुल पुगेका हजारौं मानिसहरु काबुलका सडक किनारमा बनाइएको अस्थायी क्याम्पमा बसिरहेका छन् ।

तालिबान नेतृत्व र सामाजिक सन्जालमा सक्रिय समर्थकहरुले भने तालिबानले नियन्त्रणमा लिएका क्षेत्रमा स्थिति सामान्य बन्दै गएको बताएका छन् । यसका साथै तालिबानले सबै वर्ग र समुदायका लागि काम गर्ने सन्देश पनि जारी गरिएको छ ।

यस्ता सन्देश तालिबान गुटहरुको तर्फबाट लगातार जारी गरिएको छ । यसको उद्देश्य तालिबानको आक्रमणअघि नै अफगान सैनिकले आत्मसमर्पण गरुन् भन्ने रहेको बीबीसीले जनाएको छ।

तालिलबान लडाकुहरुले बन्दी बनाएकाहरुलाई मार्छन् र युवतीहरुलाई तालिबान लडाकुहरुसँग बिहे गर्न बाध्य बनाउँछन् भन्ने खालका अभिव्यक्तिहरुलाई खण्डन गर्न पनि यस्ता सन्देश जारी गरिएको अनुमान छ ।

यो पनि पढ्नुहोस अफगानिस्तानको स्थिति नियन्त्रणबाहिर जान थालेकाेमा राष्ट्रसंघको चिन्ता
window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज