फोन नउठाउँदा डिआइजीको भविष्य नै संकटमा ! –  


काठमाडौं : सरकार फेरिएपछिसँगै नेपाल प्रहरी यतिबेला एक किसिमको संक्रम’णकाल छ । नयाँ सरकार आएलगत्तै एआइजीको सरुवा बदर गरिएको थियो । बढुवा भएका एआइजीलाई पनि जिम्मे’वारी दिइएको छैन ।

यस्तो अवस्थामा गृह मन्त्रालयमा अनेक च’लखेल चलिरहेका छन् । कोही एआइजी सहकुल थापाको बढुवा बदर गराउन लागेका छन् भने, कोही एआइजीको द’रबन्दी थपमा लागेका छन् । उच्च प्रहरी अधिकारीहरु दैनिक जसो आफ्नो व्यक्तिगत स्वार्थमा बालुवाटार छिर्ने गरेका छन् ।

केपी शर्मा ओली सरकारमा हुँदा ओलीको प्रिय बनेकाहरु अहिले कांग्रेसको प्रिय बन्ने प्रयासमा छन् । त्यसमध्ये एक हुन् डिआइजी रबिन्द्र धानुक । जसले लुम्बिनी प्रदेशमा हुँदा शंकर पोखरेलको सत्ता जोगाउन महिला सांसद’माथि हा’तपा’त समेत गरेका थिए ।

गत १९ बैशाखमा मुख्यमन्त्री पोखरेलको श’पथ रोक्न माग गरी प्रदेश प्रमुखको कार्यालयमा बहुमत सांसद उपस्थित हुँदा उनले त्यहाँ रहेका सांसदमाथि हा’तपा’त गरेको अ’रोप सांसदहरुले लगाएका थिए ।

सांसदहरु निर्मला क्षेत्री, पुर्मति ढेंगा, लौटी थारु, सुस्मा यादब, पुष्पा थरुनी, गीता थापा लगायतले दु’व्र्यवहार गरेको भन्दै डिआइजी धानुकमा’थि कार’बाहीको माग गरेका थिए । तर, त्यतिबेला ओलीको दबा’बमा उनीमा’थि कुनै का’रबाही भएन ।

राजनीतिक आस्थाका आधारमा काम गरेका उनै धानुक यतिबेला एआइजी हुने दौ’डमा लागेका छन् । अर्थमन्त्री जनार्दन शर्मामार्फत उनी एआइजी हुने दौडमा लागेको स्रोत बताउँछ । शर्माकै बलमा पटक पटक उनले आ’कर्षक पो’ष्टिङ पाएका थिए ।

,तर, गृहमन्त्री बालकृष्ण खाण भने धानुकसँग रु’ष्ट छन् । बुटवलमा महिला सांसदमाथि हा’तपा’तको सोही घट’नामा खाणले त्यतिबेला फोन गरेकोमा धानुकले फोन नै उठाएका थिएनन् । त्यही कारण उनी सं’कटमा परेका हुन् ।

त्यस्तै अर्का डिआइजी धिरजप्रताप सिंह पनि बढुवाको दौडमा रहेको स्रोत बताउँछ । उनी गत बिहीबार दाङका एका कांग्रेस सांसद लिएर बालुवाटार छिरेका थिए । ओलीको कार्यकालमा पनि उनी ओलीका प्रिय भनेर प्रदेश नम्बर २ बाट सिआइबीको नेतृत्व गर्ने मौका पाएका थिए ।-दैनिक न्युज नेपाल

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज