मलेसियामा सात बर्ष देखि कार्यरत एक नेपालीको को’रोना बाट मृ’त्यु !


क्वालालम्पुर : दिनेश खड्का खप्तडि, मलेसियामा को’रोना सक्र’मणवाट एक नेपालीको मृ’त्यु भएको छ । कन्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा न ६ घर भई

मलेसियामा कार्यरत ४१ वर्षका हर्क वहादुर ऐरको को’रोना सक्र’मणवाट मृ’त्यु भएको हो । मेट’ट्युव एसडि’एन विएचडि शाहआलममा कार्यरत रहेको हर्क सात वर्ष अगाडि रोजगारीको लागि मलेसियामा आएका थिए ।

को’रोना सक्र’मण देखि पछि उनको केलाङ अस्पतालमा उपचार भैरहेकोमा थियो । उपचारकै क्रममा अगष्ट ७ तारिखका दिन मृ’त्यु भएको हो । सगै काम गर्ने साथीहरुले दिएको जानकारी अनुसार हर्कमा केहि दिन अगाडि देखि सक्र’मण भएको थियो ।

हाल उनको श’वलाई केलाङ अस्पतालमा राखिएको छ । परिवारमा श्रीमती दुई छोरी र एक छोरा रहेका छन ।
कमाउनका गएकाको विदेशमै मृ’त्यु भएपछि परिवारमा थप समस्या थपिएको छ ।

घर परिवारले मलेसियामा रहेका सवैलाई सहयोग गरिदिन अपिल समेत गरेका छन । आफनैे सहोदर दाई देव सि ऐरले हामि संग टेलिफोनमा भने भाईको घरपरिवारको अवस्था निकै नाजुक छ ।

मलेसियावाट भाईले खासै पैसा पठाएनन वालवच्चाको लालनपालनमा समस्या पर्ने भएको छ । सहयोग गर्न चाहनेहरुले सम्पर्क न 9848721854 मासम्पर्क गरेर सहयोग गर्न सकिने उनले वताए । हर्कका छोराले कक्षा ८ मा र छोरीहरुले क्रमस ६ र ४ कक्षा पढदैछन । -रास्ट्र डेली बाट साभार

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज