आफ्ताव आलम मुद्दामा ‘हेर्न नमिल्ने’ आदेश


काठमाडौं, साउन २९
थुनाबाट छुट्न पाउनुपर्ने माग सहित काँग्रेसका पूर्वमन्त्री महोम्मद आफ्ताव आलमले सर्वाेच्चमा दिएको निवेदनमा शुक्रबार सुनुवाई भएन ।

बम विष्फोट गराएर हत्या गरेको आरोपमा जिल्ला अदालत र उच्च अदालतले पुर्पक्षमा पठाउने आदेश गरेपछि आलम थुनामा छन् । सो आदेश बिरुद्ध उनले सर्वोच्चमा निवेदन दिएका थिए ।

तर आज न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासमा रहेको आलमको मुद्दामा ‘हेर्न नमिल्ने’ आदेश गरिएको छ ।

<!---->

नारायणीअनलाइनबाट साभार

हाम्रो फेसबुक पेज