मैले प्रचार नगरेर मात्र हो, लोडसेडिङ हटाएको मैले हो । –  


काठमाडाैँ : नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेपालको लोडसेडिङ हटाउन आफ्नो मुख्य योगदान रहेको दाबी गरेका छन् ।

अन्तर्वार्तामा आफूले नेपालको लोडसेडिङ अन्त्य गराएको दाबी रायमाझीले गरेका हुन् । रायमाझीले भने, ‘मैले प्रचार नगरेर हो, नेपालको लोडसेडिङ अन्त्य गराउन मेरो मुख्य भूमिका छ ।’

उनले आफू ऊर्जामन्त्री रहँदा नै कुलमानलाई विद्युत प्राधिकरणमा ल्याउन भूमिका खेलेको उनले दाबी गरे ।‘कुलमान घिसिङलाई मैले ल्याउनका लागि ३ महिनासम्म इभ्यालुएसन गराएँ,’ रायमाझीले भने, ‘उहाँलाई पास गराएर, विद्युत प्राधिकरणको एमडी बनाउन मैले भूमिका खेलेको हुँ ।

९९ बुँदे मास्टर प्लान बनाउँदा उहाँलाई मैले सदस्य बनाएको हुँ ।’उनले आफूले गरेको इभालुएसनका आधारमा कुलमान एमडी भएको बताए ।

उहाँले राम्रो काम गर्नुभएको हो,’ रायमाझीले भने, ‘४ वर्षे कार्यकाल पूरा गरेर उहाँ जानुभएको हो । त्यस पछिको नेतृत्व लिन हितेन्द्रदेश शाक्य तयार भएर बस्नुभएको हो ।

अहिले पुनः उहाँलाई विद्युत प्राधिकरणमा ल्याउने काम राजनीतिक कदम मात्र हो,’ रायमाझीले भने ।रायमाझी केपी शर्मा ओलीको पहिलो र पछिल्लो दुवै सरकारका ऊर्जामन्त्री रहिसकेका छन् । उनको पालामा १८ घण्टासम्म देशमा लोडसेडिङ हुने गर्दथ्यो ।

उनले मन्त्रालय छोडेपछि तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा जनार्दन शर्मा ऊर्जामन्त्री बने । शर्माले कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्तिको सिफारिस गरेका थिए ।घिसिङ प्राधिकरणमा आएको ३ महिनापछि देश लोडसेडिङमुक्त भएको थियो ।

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज