दु:खद खबर ! परिबार पाल्न मलेसिया गएका टंक गौतमको को’रोना सक्र’मण बाट मृ’त्यु !


क्वालालम्पुर : दिनेश खड्का खप्तडि, मलेसियामा एक नेपालीको मृ’त्यु भएको छ । झापा जिल्ला सतासीधाम १० घर भई मलेसियाको मेगनुस फोर्स सेक्यु’रिटिमा कार्यरत ४८ वर्षि

टंक प्रसाद गौतमको मृ’त्यु भएको हो । मलेसियामा रहेका आफन्त रोशन वजगाईले दिएको जानकारी अनुसार गौतम मलेसियाको सनवेगो सनवे’सिटिमा कार्यरत रहेका थिए ।

गौतम केहि दिन अगाडि देखि विरामि विरामि थिए ।
अगष्ट २३ तारिखका दिन गौतमले को’रोना विरु’द्धको पहिलो खोप पनि लगाएका थिए । विस्तारै ज्व’रो पनि आएको भएपनि आफनो डिउटि गरिरहेका थिए ।

अगष्ट २७ तारिख देखि भने ज्वरो झन वढेपछि क्वारे’ण्टाईनमा वसेको गौतमलाई कम्पनीले अगष्ट ३१ तारिखका दिन शाहआलम अस्पतालमा लगेर भर्ना गरेको थियो । अस्पतालमा उपचार भैरहेको अवस्थामा मंगलवार गौतमकोे मृ’त्यु भएको हो ।

गौतम चार वर्ष अगाडि टस्ट नेपाल ओभरसिज प्रालीवाट रोजगारीको लागि मलेसिया आएका थिए । मृतक गौतमको परिवारमा श्रीमती एक छोरा र दुईछोरी रहेका छन । वुधवार दिउसो आएको रि’पोर्टमा उनको शरीरमा पहिलादेखिनै को’रोना सक्र’मण भैसकेको उल्लेख छ ।

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज