यूएईको दुबई राज्यमा जान सजिलो लागू भयो यस्तो नियम ! –  


काठमाण्डौ : संयुक्त अरब इमिरेट्स यूएईको दुबई राज्यमा जान अब को’रोना भाइरस वि’रुद्धको खोप लगाएको प्रमाण नचाहिने भएको छ ।

नेपाल, भारत, पाकिस्तान र श्रीलङ्काबाट दुबई आउनेले यूएई सरकारले तोकेका अन्य स्वास्थ्यका मापदण्ड पालना गर्नु परे पनि को’रोना वि’रुद्धको खोप लगाएको प्रमाणपत्र भने पेस गर्नु नपर्ने यूएईको स्थानीय सञ्चार माध्यमले खबर लेखेका छन् ।

तर यो नियम यूएईको अन्य राज्यमा भने लागू हुने छैन ।
को’रोना वि’रुद्धको खोप लगाएको प्रमाणपत्र आवश्यक नभए पनि यूएई जाने नेपालीले सबैभन्दा पहिला त यूएईको सम्बन्धित निकायमा अनलाइनबाटै यूएई प्रवेशका लागि अनुमति लिनुपर्छ । ४८ घण्टा भित्रको पी’सीआर नेगे’टिभ रिपो’र्ट हुनुपर्नेछ ।

नेपालको विमानस्थलमा र्‍या’पिड पीसीआर परीक्ष’ण गरेको हुनुपर्नेछ भने यूएईको विमानस्थलमा अवतरण भए पछि पनि पी’सीआर परी’क्षण गर्नुपर्छ ।

क्व’रेण्टीन लगायतका यूएई सरकारले तोकेको अन्य स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेछ । तर नेपालबाट जाने यात्रुको विमानस्थलमा र्‍या’पिड पीसी’आर परीक्ष’णको व्यवस्था नहुँदा दुबई

उड्न विमानस्थल पुगेका यात्रुसमेत फर्किएका छन् । यूएई जाने जहाज रित्तै गएको छ । नेपाल एयरलाइन्सले र्‍या’पिड पीसी’आर परीक्षणको व्यवस्था नभएसम्म यूएई जाने यात्रु नलैजाने बताएको छ ।

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज