१० सञ्चारकर्मी र दुई वटा पत्रिकालाई फोनिज अवार्ड – Thulo Khabar


२८ साउन, काठमाडौ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले १० जना सञ्चारकर्मी र मातृभाषाका दुई वटा पत्रिकालाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड) प्रदान गरेको छ ।

फोनिजको २२औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित समारोहमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले अवार्ड वितरण गरे ।

अवार्ड प्राप्त गर्नेमा कुमार यात्रु, सन्त गाहामगर, भवानी बराल, रचना श्रेष्ठ, राजकुमार दिक्पाल, टेकराज थामी, आङदावा शेर्पा, तिलक पुन, इन्द्रजित मुखिया र मौसम रोक्का छन् ।

आदिवासी/जनजाति मुद्दामा कलम चलाउने बराल प्रेस काउन्सिलका पूर्वअध्यक्ष हुन् । गाहा मगर र थामीले क्रमशः फोनिज युके सम्मान र पुरस्कार प्राप्त गरेका हुन् ।
फोनिजले यो वर्षदेखि शुरु गरेको मातृभाषा पत्रकारिता पुरस्कार तान्छोक्पा मासिक (लिम्बु) र पहुरा दैनिक -थारु)ले पाएका छन् ।

फोनिजमा किराँत राई, लिम्बु, तामाङ, थारु, शेर्पा, गुरुङ, मगर, नेवारलगायत जातीय पत्रकार संस्थाहरु आवद्ध छन् ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज