मनसुन फेरि सक्रिय, सतर्कता अपनाउन आग्रह – Thulo Khabar


२८ साउन, काठमाडौं । मनसुन न्यून चापीय रेखा नेपाल नजिकै सरेकाले सोमबारसम्मै ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मौसमविदका अनुसार मनसुन न्यून चापीय रेखा बुधबार साँझदेखि नेपाल नजिक छ । त्यसैले हाल देशभर बादल लागेको छ र प्रदेश नं. १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

‘मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिकै सरेकाले मनसुन सक्रिय भएको छ,’ मौसमविद समिर श्रेष्ठले भने, ‘यसको प्रभाव आगामी आइतबार/सोमबारसम्मै रहने देखिन्छ ।’ उनले एकै ठाउँमा लगातार ठूलो पानी पर्ने नभइ फरक-फरक दिन र स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको बताए । यस्तो क्रम आगामी एक सातासम्मै रहने उनले बताए ।

मौसमविद श्रेष्ठले उदाहरण दिंदै भने, ‘आज राति बागमती प्रदेशका धेरैजसो ठाउँमा र भोलि बिहान सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।’

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन थप सक्रिय हुनेबारे यसअघि नै विशेष बुलेटिन निकालेर जानकारी गराएको थियो ।

महाशाखाले बिहीबार बिहान जारी गरेको तीन दिनको मौसमी पूर्वानुमान बुलेटिनमा लेखिएअनुसार आगामी चौबिस घण्टाको अवधिमा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ । पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम समेत रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यो वर्षको मनसुनको सुरुवात नै भारी वषर्ाबाट भएको थियो । जेठ अन्तिम साता र असार पहिलो सातामा परेको वषर्ाका कारण सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा ठूलो क्षति पुगेको थियो । यस वर्षको मनसुनमा हालसम्म धेरै क्षति व्यहोर्ने जिल्ला सिन्धुपाल्चोक भएको छ ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज