चालकको मृत्यु, ४ जना घाइते, – Thulo Khabar


काठमाडौँ, २५ साउन । काठमाडौँबाट बागमती प्रदेशको राजधानी हेटौँडा आउँदै गरेको टाटा सुमो दुर्घटनामा परेको छ ।

केही बेर अघि भिमफेदी कुलेखानी-काठमाण्डौ-सडकखण्ड स्थित मकवानपुरको इन्द्र सरोबर गाउँपालिका -२ सिम खोला नजिक ना १ ज २११४ नम्बरको सुमो दुर्घटना भएको हो ।

सुनौलो यातायात कम्पनीको सुमो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।दुर्घटना हुँदा सुमोमा सवार ५ जना रहेकोमा चालकको घटनास्थल मै मृत्यु भएको र अन्य ४ यात्रु घाइते भएका छन् ।

घाइते हुनेहरुमा भारतका ज्ञानाबाद जिल्ला बिहार प्रान्तका १४ वर्षीय रोनक कुमार, १७ वर्षीय शंकर कुमार, २० वर्षीय बिशाल कुमार र १८ वर्षीय शिबशक्ति कुमार रहेका छन् । घाइतेमध्ये शिवशक्ति कुमारको अवस्था गम्भीर रहेको जनाएको छ ।

घाइते सबै जनालाई उपचारको लागि हेटौँडा अस्पताल लगिएको प्रहरीले जनाएको छ । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज