कुलमान घिसिङको बाल्यकाल जीवनको संघर्स देखि अहिले विद्युत प्राधिकरणको दोश्रो कार्यकाल सम्मको खोजमुलक लेख – Kashi Jetly


काशि जेट्ली, ओमन : कुलमान घिसिङ को जीवन सुरुवाती बारेमा भन्नु पर्दा कुलमान रामेछापको बेथानमा २०२७ मंसिर १० मा जन्मिएका घिसिङ विगत २० वर्षदेखि विद्युत प्राधिकरणमा कार्यरत थिए गत वर्ष घिसिङ नेपाल विद्युत

प्राधिकरण मा कार्यकाल सकिए पछि जब नेपाली जनताले पुन कुलमान नै नेपाल विद्युत प्राधिकरण मा हुनु पर्छ भनेर आवाज उठाए तर केपी ओलिको सरकार ले नेपाली जनताको माग पूरा हुन दिएनन् र अन्तत आफ्नो साला जितेन्द्र देव शाक्य लाई नेपाल विद्युत प्राधिकरण नियुक्ति गरेका थिए ।

कुलमान पाँच कक्षासम्म बेथानमै पढेका उनले ६ कक्षापछि काठमाडौं आएर बानेश्वरको अमर आदर्श बोडिङ स्कुलमा पढेको हुन्। उनले सोही स्कुलबाट २०४३ सालमा एलएलसी पास गरेका थिए।.लैनचौरस्थित अमृत साइन्स क्याम्पसबाट आइएसी गरेका उनले त्यसपछि छात्रवृतिमा भारतबाट इलेक्ट्रिकल इन्जिनियरिङमा विएस्सी गरेका छन्।

पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ‘पावर सिस्टम इन्जिनियरिङ’ मा स्नातकोत्तर सकेपछि उनले सिनामंगलको एस इन्स्टिच्युटबाट व्यापार प्रशासनमा पनि स्नातकोत्तर गरेका थिए।

२०५१ सालमा प्राधिकरणको सातौं तहको इन्जिनियरबाट सेवा सुरु गरेका उनले झन्डै २० वर्षको अवधिमा प्रसारण, वितरण र उत्पादन क्षेत्रमा अनुभव हासिल गरेका छन्। चिलिमे जलविद्युत कम्पनीमा उनले २०६७ साउनदेखि २०७१ असारसम्म चार वर्ष प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हालेका थिए।

रसुवागढी, मध्यभोटेकोसी, सान्जेन माथिल्लो सान्जेन अघि बढाउन उनले विशेष भूमिका खेलेका थिए।.२०७१ मा तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीले हस्तक्षेप गरेपछि उनलाई २०७१ साउनमा घिसिङलाई प्राधिकरणमा फिर्ता बोलाइएको थियो। २०७१ असोजमा उनी प्राधिकरणको ११औं तह अर्थात निर्देशकमा बढुवा भएका थिए। निर्देशक भएपछि उनी राहुघाट जलविद्युत आयोजना प्रमुखको जिम्मेवारीमा थिए।

जब कुलमान ले नेपाल विद्युत प्राधिकरण को कुर्ची पाउनु नै सिङ्गो नेपाल र हामी नेपाली हरु भाग्य मानी थियौं , जब कुलमान आए पछि एका एक परिवर्तन भयो नेपाली जनता ले विद्युत मा भोगेको अँध्यारो पन !

तर नेपाल मा राम्रो व्यक्ति लाई राम्रो स्थान न दिने नै हाम्रै देश का नेता हरु हुन , अनि उनी हरु नै भन्छन् देश लाई बिकाश को गति मा धकल्छौं , तर हामी लाई यस्तो कुरा हरु सुन्दा सुन्दा खासै अनौठो लाग्दैन !

अन्त त कुलमान को नेपाल विद्युत प्राधिकरण मा कार्यकाल सकिए पछि , नेपाल जनता हरू को लाखौं आवाज सामाजिक सञ्जाल बाट होस् या रोड बाट आन्दोलन गरेर होस , ती सबै को एउटै आवाज थियो कि कुलमान लाई नेपाल विद्युत प्राधिकरण मा पुन नियुक्ति गरियोस , तत्कालीन

प्रधानमन्त्री केपी शर्मा ओलीले यी जनताको हरु को आवाज लाई वेवास्था गरे आखिर आफ्नो साला हितेन्द्र देव शाक्य लाई नियुक्ति गरे !.कुलमान घिसिङ हुँदा ३५ अर्ब घाटा आपूर्ति गरेर १२ अर्ब नाफा पाएको विद्युत प्राधिकरण , केपी ओली का साला हितेन्द्र देव शाक्य आए पछि जनता ले फेरि अँध्यारो महसुस गरे विद्युत प्राधिकरण को आम्दानी ओरालो तर्फ लाग्यो रिजल्ट यही काफी भयो कुलमान न हुँदा को विद्युत प्राधिकरण !

तर खुसी को खबर कांग्रेस का सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भए पछि देउवा को पहल मा नै फेरि आजा कुलमान घिसिङ ले विद्युत प्राधिकरण को जिम्मेवारी सम्हाल्नु भएको छ !

हाम्रो देश लाई चाहिने व्यक्ति जो कुलमान घिसिङ जस्तै हुन जो उहाँ मा उच्च शिक्षा क्षमता निस्वार्थ अनि राष्ट्रभक्ति सबै कुरा अव्वल छ , कुलमान घिसिङ लाई नै हामी ले नेपाल विद्युत प्राधिकरण को कार्यकारी निर्देशक को दोश्रो कार्यकाल को रूम मा पाउनु भनेको नै लाखौं नेपाल जनताको को लागि खुसी को कुरा हो !

देश को लागि पनि आर्थिक वृद्धि हुने छ नेपाल विद्युत प्राधिकरण बाटो , नेपाल धनि पनि बनाउने एक पाटो रहने छ , किन कि नेपाल यस्तो यस्तो देश हो जो ब्राजिल पछि को, विश्व कै दोश्रो जलश्रोत को धनि देश मानिन्छ
कुलमान घिसिङ लाई नियुक्ति गर्न प्रधानमन्त्री शेर बहादुर देउवा हामी सबै ले सम्मान सहित धन्यबाद दिउँ ,
अनि सबैले सेयर गरौ…!!

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज