बधाई ! कुलमानले गरे पदभार ग्रहण, प्राधिकरणमा भब्य ! –  


काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । आज रत्नपार्कस्थित केन्द्रीय कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

यसअघि, आजै उनले नियुक्तिपत्र बुझेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीबाट उनले नियुक्तिपत्र लिएका हुन् ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

बुधबार नै नियुक्ति पत्र बुझेलगत्तै घिसिङ विद्युत प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालय पुगेका थिए। उनलाई विद्युत प्राधिकरणकाका कर्मचारीले स्वागत गरेका थिए। घिसिङ झण्डै ११ महिनापछि विद्युत प्राधिकरणमा फर्किएका हुन्। घिसिङले यसअघि चार वर्ष प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए।

दैनिक १८ घण्टासम्म हुने विद्युत् कटौती (लोडसेडिङ) अन्त्य गरेका उनले प्राधिकरणको व्यवस्थापनमा पनि उल्लेख्य सुधार गरेका थिए। घिसिङको कार्यकाल २८ भदौ २०७७ मा सकिएको थियो।

त्यतिबेला पनि घिसिङलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गरिनुपर्ने आवाज उठे पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसमा रुचि देखाएका थिएनन्।.घिसिङको कार्यकाल सकिएको झण्डै पाँच महिनापछि २७ माघ २०७७

मा सरकारले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। प्रवेशद्वार अगाडी घडा राखिएको थियो भने भित्र तामाको खड्कुँलो फूलसहित सजाइएको थियो । नव नियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङज्यूमा हार्दिक स्वागत, बधाई तथा शुभकामना लेखिएको डिजिटल बोर्ड राखिएको य्हियो ।

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज