ब्रेकिङ – कुलमानलाई नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने !


काठमाडौं : उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल वि’द्युत प्राधिकरणको कार्यकारी निर्देशक नि’युक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएकी छन् ।

मन्त्रिपरिषद्को बैठक सोमबार ४ बजे बोलाइएको छ । आजको बैठकको नियमित एजे’ण्डामा यो छैन । तर मन्त्री भुसालले भने हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणी सरह सेवा सुविधा दिने गरी मन्त्रालयमा तान्ने र

घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियु’क्त गर्ने प्रस्ताव तयार पारेको स्रोतले बताएको छ।केपी ओली नेतत्वको सरकारले २७ माघ २०७७ मा शाक्यलाई कार्यकारी निर्देशक शाक्य नियु’क्त गरेको थियो ।

तर १९ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा मन्त्री भुसालले शाक्यलाई अन्य विकल्प रोज्न आग्रह गरेकी थिइन् ।नेपाल खबर

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज