एप्पलले आफ्नो नयाँ फोटो स्क्यानिङ्ग बाल संरक्षण टेक्नोलोजीको बचाउ गर्दै


एप्पलले आफ्नो नयाँ फोटो स्क्यानिङ्ग बाल संरक्षण टेक्नोलोजीको बचाउ गर्दै

टेक कम्पनी एप्पलले हालै लागू गरेको आफ्नो नयाँ प्रणालीको बचाउ गरेको छ । नयाँ प्रणाली जसले ग्राहकहरुको यौन दुर्व्यवहार सामग्रीको लागी प्रयोगकर्ताहरुको फोन स्क्यान गर्दछ, त्यस बारेमा ग्राहकहरु र गोपनीयता अधिवक्ताहरुबाट प्रतिक्रिया पछि कम्पनीले त्यस्तो नहुने बताएको छ।

सो टेक्नोलोजीले परिचित दुर्व्यवहार सामाग्रीको पहिचानको लागी तस्वीरहरुलाई आईक्लाउड भण्डारणमा अपलोड गर्नुभन्दा पहिले स्क्यान गर्दछ।

आलोचकहरूले चेतावनी दिए कि यो मानिसहरुको जासुसी गर्नको लागी एक “पछाडिको ढोका” हुन सक्छ, र ५,००० भन्दा बढी मानिसहरु र संगठनहरुले यस नयाँ टेक्नोलोजीको बिरुद्ध एक खुला पत्रमा हस्ताक्षर गरेका छन्।

सो दबाब स्वरूप एप्पलले कुनै पनि कारणको लागि त्यस प्रणाली “बिस्तार” नगर्ने वाचा गरेको छ।

डिजिटल गोपनीयता अभियानकर्ताहरूले गत हप्ता चेतावनी दिएका थिए कि तानाशाही सरकारहरुले एलजीबीटी विरोधी कार्य लाई बलियो बनाउनको लागी टेक्नोलोजीको उपयोग गर्न सक्छन्, वा विरोध प्रदर्शनहरुलाई गैरकानूनी ठानिएका देशहरुमा राजनीतिक असन्तुष्टहरुलाई कारबाही गर्न सक्छन्।

तर एप्पलले भन्यो “यो “सिस्टमका लागि विस्तार गर्नको लागी कुनै पनि सरकारको अनुरोध स्वीकार गर्दैन्।”

कम्पनीले एक प्रश्न र उत्तर दस्तावेज प्रकाशित गरेको छ, जसमा भनिएको छ, “बाल दुर्व्यवहार इमेजरीको पहिचान बाहेक अरु केहिको लागी यसको प्रणालीहरुलाई प्रयोग गर्नबाट रोक्न यसको ठाउँमा धेरै सुरक्षा उपायहरु छन्।”

“हामीले पहिले पनि सरकारद्वारा आदेशित परिवर्तनहरुको निर्माण र तैनातीको मागहरुको सामना गरेका छौं जसले  प्रयोगकर्ताहरुको गोपनीयतालाई ह्रास गर्दछन्, र ती मागहरुलाई दृढतापूर्वक अस्वीकार गरेका छौं। हामी भविष्यमा उनीहरुलाई अस्वीकार गर्न जारी राख्नेछौं,” यो भनिएको छ।

जे भएपनि एप्पलले विगतमा केहि सहुलियतहरुको कार्य संसारभरि देशहरुमा संचालन गरिराख्नको लागी गरीएको छ । गत वर्ष नयाँ वर्षको पूर्व संध्यामा चीन सरकारले अनधिकृत गेमिङ्ग एपहरुलाई तोड्न आदेश दिएसँगै चीनको एप स्टोरबाट ३९ हजार भन्दा धेरै एपहरु हटाएको थियो । बीबीसी

TK Viber

प्रकाशित: २६ श्रावण २०७८, मंगलवार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज