सामसङको फोल्डेबल फोनको बजार दबदबा रहने, यस बर्ष ९० लाख फोल्डेबल स्मार्टफोन बेचिने


सामसङको फोल्डेबल फोनको बजार दबदबा रहने, यस बर्ष ९० लाख फोल्डेबल स्मार्टफोन बेचिने

सामसङले अगस्ट ११ मा आयोजना हुने भर्चुअल कार्यक्रममा आफ्नो अर्को पुस्ताको फोल्डेबल स्मार्टफोन ल्याउने भएको छ।

यसैबीच काउन्टरप्वाइन्ट रिसर्चको रिपोर्ट बाहिर आएको छ। जसअनुसार यस वर्ष फोल्डेबल फोनको माग विश्व बजारमा रेकर्ड वृद्धि हुने दाबी गरिएको छ। रिपोर्टकाअनुसार विश्वभर ९० लाख यूनिटसम्म फोन खरिद बिक्री हुनसक्नेछ।

यससंगै, सामसङले ८८ प्रतिशत हिस्सासहित बजारमा हावी हुनेछ। यसको पछाडिको कारणमा राम्रो हार्डवेयर डिजाइन र मूल्यमा प्रतिस्पर्धालाई मानिन्छ।

ग्यालेक्सी जेड मोडेलको एस पेन सपोर्टले मानिसहरुलाई लोभ्याउने

वरिष्ठ विश्लेषक जेन पार्कले बताएअनुसार मूल्य घटाएर र एक राम्रो डिजाइनका साथ सामसङ नयाँ ग्राहकहरुलाई नयाँ फोल्डेबल फ्लिप स्मार्टफोनतर्फ आकर्षित गर्न सक्छ। नयाँ ग्यालेक्सी जेड मोडेलहरुले एस पेन सपोर्ट पनि पाउने छन्, जसले  गर्दा हालका नोट प्याड प्रयोगकर्ताहरु लाई अपील गर्न सक्छ।

रिपोर्टमा भनिएको छ कि नयाँ कम्पनीहरु र एप्पलको फोल्डेबल फोन बजार २०२३ सम्म बजारमा आएपनि सामसङले ७७ प्रतिशत शेयरका साथ बजारमा हावी रहनेछ।

सामसङ चीनको प्रिमियम स्मार्टफोन बजारमा हावी हुने अपेक्षा

पार्क भन्छन् बजारमा ह्वावेको योगदान नगण्य छ। जसले सामसंगको फोल्डेबल फोनलाई फाइदा पुर्‍याउन सक्छ। यसले फोनको बिक्री र शिपमेन्टमा वृद्धि गर्न सक्छ।

साथसाथै केवल एप्पल र सामसङले मात्र अमेरिकाको प्रीमियम बजारमा आफ्नो पकड कायम राख्छन्। जसमा सामसङको फोल्डेबल फोन मासिक भुक्तानी योजनाको बावजुद सबैभन्दा महँगो र प्रिमियम फोन बनेको छ।

अर्का वरिष्ठ विश्लेषक मौरिस क्लेहकाअनुसार यदि सामसङको फोल्डेबल स्मार्टफोनको मूल्य घटाईयो भने यसको बम्पर बिक्री देख्न सकिन्छ। एजेन्सी

TK Viber

प्रकाशित: २५ श्रावण २०७८, सोमबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज