धनुषाका मेयरलाई कार्यकक्षमै मसाज –  


जनकपुरधाम,साउन २४-

धनुषाको बिदेह नगरपालिकाका मेयरको कार्यकक्षमै मसाज गराएको तस्वीर भाइरल भएको छ । मेयर बेचन दासले कार्यालयभित्रै सोफामा सहयोगीबाट मसाज गराउँदै गरेको तस्वीर भाइरल भएको हो । तस्वीरमा बेचन कार्यालयको सोफामा आराम गरिरहेका छन् भने कार्यालय सहयोगी करण दासले खुट्टामा मसाज गरिरहेको देखिन्छ ।

कोठाभित्र मसाज गराएको तस्वीर झ्यालबाट एक जना स्थानीय व्यक्तिले कैद गरेर सामाजिक संजालमा राखिदिएका हुन् । उक्त तस्वीर भाइरल भएपछि मेयर बेचनको आलोचना भएको छ । मेयर बेचनले भने आफू बिरामी भएपछि कार्यकक्षमै मसाज गराएको बताएका छन् । यद्यपि यी तस्वीरहरु हालको नभई जेठ महीनाकै भएको बताए ।

<!---->

नारायणीअनलाइनबाट साभार

हाम्रो फेसबुक पेज