पिपुल्स भोलेन्टियर्सद्वारा त्रिवि शिक्षण अस्पतालमा – Thulo Khabar


२३ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा आवद्ध युवा संघ नेपाल अन्तर्गतको पिपुल्स भोलेन्टियर्स (पिभी)ले काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा सफाइ गरेको छ ।

‘महिनामा २ दिन २ घण्टा मेरो राष्ट्रका लागि’ भन्ने अभियान अन्तर्गत पिभीले शनिबार बिहान सो अस्पताल परिसरमा सफाइ अभियान सञ्चालन गरेको हो । शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका फोहोरमैला सफाइ गर्ने अभियान अन्तरगत आफूहरुले त्रिवि शिक्षण अस्पताल महाराजगंजबाट सफाई अभियान सुरु गरेको पिभीका इन्चार्ज सञ्जीव राईले जानकारी दिए ।

‘शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको फोहोरमैला हटाउन यस अभियान शुरु गरिएको हो । यसले राजनीतिक क्षेत्रमा वितृष्णा राख्ने, बार्दलीमा बसेको फोहोर गर्ने अनि अरुलाई गाली गर्ने युवाहरुको मनोरोग र गलत प्रवृत्तिलाई अन्त्य गर्न पनि ठूलो सघाउ पुर्‍याउने विश्वास लिइएको छ’ उनले भने ।

पिभीले यो अभियान सबै स्थानीय तह र सबै प्रदेशमा सञ्चालन गर्ने योजना समेत तय गरेको छ । महिनामा २ दिन २ घण्टा शिक्षा र स्वास्थ्य क्षेत्रमा सफाइ गर्ने यो अभियानले विकृत अवस्थामा रहेको राजनीतिलाई पनि सफाइ गर्न व्यङ्ग्यात्मक ढंगले सघाउ पुर्‍याउने अपेक्षा गरिएको पनि इन्चार्ज राईले बताए ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज