इजरायल जानको लागी आफैले यसरी भर्नुहोस अनलाइन आवेदन (भिडियो गाइडसहित)


काठमाडौं, २२ श्रावन । सम्झौताको निक्कै लामो प्रक्रिया पछी इजरायलले नेपाली कामदारको माग गरेको छ । इजरायलले यसअघि गरेको सम्झौता भन्दा बढी एक हजार नेपाली कामदारको माग गरेको हो । वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभरका लागि जाने कामदारका लागि २१ दिनको म्याद राखेर आवेदन खुलाएको छ । इजरायलले मागेको श्रमिकका लागि सरकारले आज गोर्खापत्रमा विज्ञापन खुलाएर कामदारको माग गरेको हो ।

आकर्षक गन्तव्यको रुपमा लिइएको इजरायलमा दशक अघि नेपाली कामदार लगीए पनि बन्द भएको थियो । अब भने इजरायलले जीटुजी मार्फत नेपाली कामदार लानेछ । यस अघि विभिन्न एजेन्टको माध्यमबाट जादा ठुलो धनराशी खर्चेको भन्दै इजरायलले नेपाली कामदार लिन बन्द गरेको थियो । सम्झौताअनुसार इजरायलले केयर गिभर, कृषि, होटल र रेस्टुराँ, निर्माणलगायत क्षेत्रमा नेपाली कामदार लाने छ । पहिलो चरणमा भने कियर गिभरलाई लैजान लागेको हो ।

इजरायलमा रोजगारीका लागी जान चाहने इच्छुक व्यक्तिको उमेर कम्तिमा २५ वर्ष पुरा भै ४५ वर्ष ननाघेको हुनु पर्ने छ । त्यस्तै उचाइ कम्तीमा १.५ मीटर र तौल कम्तिमा ४५ केजी भएको हुनु पर्ने छ । शैक्षिक योग्यताको सवालमा कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महीनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा त्यस सरहको शैक्षिक योग्यता प्राप्त गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ । त्यति मात्र हैन इजरायल जान चाहने व्यक्तिको कुनै पनि आफन्त बाबु, आमा, पति, पत्नी, छोरा, छोरी इजरायलमा कार्यरत हुनु हुदैन ।

सबै आवेदक मध्यबाट विभागको छनौट समितिले अन्तिम १४ सयलाई छनौट गर्नेछ । छनौटमा परेका १४ सयको नाम विभागले इजरायलको पिबामा पठाई दिनेछ । पिबाले १४ सय मध्य ७५ प्रतिसत अर्थात १ हजार जनामा नबढ्ने गरी चिट्ठाद्वारा नेपाली कामदार छनौट गर्ने छ । विभागद्वारा प्रकासित सूचनाको पुरा अंश :

[embed]https://www.youtube.com/watch?v=wzBLRVvYQk8[/embed]

सबै योग्यता पुगेका व्यक्तिहरुले विभागको वेबसाइटमा गइ आवेदन दिन सक्ने छन । यदि फाराम भर्न समस्या भए फाराम भर्ने पुरा तरिकाको भिडियो यहाबाट हेर्नुहोस।
[embed]https://www.youtube.com/watch?v=wzBLRVvYQk8[/embed]

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज