बीपी प्रतिष्ठानका सबै पदाधिकारीलाई हटाउने सम्झौता ठीक होइन : पूर्वमन्त्री पोखरेल


२२ साउन, काठमाडौं । पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री गिरिराजमणि पोखरेलले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै पदाधिकारीलाई हटाउनुपर्ने भन्ने सम्झौता ठीक नभएको बताएका छन् । जो दोषी हो, उसैलाई मात्रै हटाउनुपर्ने उनको धारणा छ ।

शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा पूर्वमन्त्री पोखरेलले भने, ‘सम्झौता गर्दा सबै पदाधिकारी हटाउने भन्ने उद्देश्यबाट आएको छ, त्यो ठीक कुरा छैन । कोको दोषी हो, त्योत्यो दोषी किटान गर्नुपर्छ त्यसभित्र पनि ।’

उनले भने, ‘सबै बदल्नुपर्छ भन्ने अर्को उद्देश्यद्वारा प्रेरित छ । एउटा क्रियाको अर्को प्रतिक्रियातर्फ लग्यो भने त्यो संस्था बन्दैन । एकपटक रिभ्यू गर्नुपर्छ त्यो संस्थालाई हेर्दा चाहिं ।’

स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षबीच प्रतिष्ठानका चारैजनालाई पदबाट हटाउने प्रक्रिया सुरु गर्ने लगायतका ६ बुँदे सहमति भएको थियो ।

पूर्वमन्त्री पोखरेलले प्रतिष्ठानका उपकुलपतिको सन्दर्भमा उत्पन्न समस्यालाई तत्कालै समाधान गर्न र अरुकोबारेमा ठोस अध्ययन गर्न सुझाव दिए ।

उपकुलपतिलाई असीमित अधिकारहरु दिइएको भन्दै उनले त्यसमा पुनर्विचार गर्नुपर्ने बताए । ‘भिसीलाई यति धेरै अवशिष्ट अधिकारीहरु दिइएको छ, रेक्टरको पनि रेक्टरको रोल छैन त्यसभित्र, अरुको पनि छैन,’ उनले भने ।


अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज