यस्तो हुन्छ सिंह, मेष र धनु राशि हुने व्यक्तिको भाग्य, तपाईको कुन ?


काठमाडौँ । सिंह, मेष र धनु राशि अग्नि तत्वसँग सम्बन्धित छन्। यी राशिसँग सम्बन्धित व्यक्तिहरू पनि अग्नि जस्तै तीखो र आवेगमा आउने स्वभावका हुन्छन्। सिंह, मेष वा धनु राशिका व्यक्तिहरूमा काम पूरा गर्न अरुभन्दा फरकै जोस र उत्साह हुन्छ।

तिनीहरू थकित हुँदैनन् र आफ्नो उद्देश्य वा काम पूरा नभएसम्म तिनीहरू हरेस खाँदैनन्। उनीहरूले जुन कुरा गर्ने निर्णय गर्छन् त्यो कुरा पूरा गरेपछि मात्र तिनीहरू शान्तिसँग बस्छन्।

पूर्वानुमानः यदि केहि गलत हुन गइरहेको छ वा यदि वरिपरि केहि ठीक छैन भने अग्नि तत्वसँग सम्बन्धित मानिसहरूले धेरै पहिले यो महसुस गर्छन् र त्यसपछि सावधानीका साथ हरेक चरणमा अगाडि बढ्छन्।

मैत्री स्वभावः अग्नि तत्व सम्बन्धित राशिका मानिस निकै मैत्री स्वभावका हुन्छन् । यसै कारणले यिनीहरु कसैलाई पनि सजिलै आफ्नो मित्र बनाउँन सफल हुन्छन् । यी मानिस कसैसँग पनि छिटै घुलमिल हुन्छन् ।

यो पनि पढ्नुहोस
घर होस् वा अफिस भूलेर पनि नराख्नुहोस् यी ६ चीज, नत्र देखाउनेछ विनाशको…

यस्तो हुन्छ धनु र मिथुन राशिका व्यक्ति भाग्य, तपाईको कुन ?

आदेश दिने बानीः यी मानिस आफुलाई अरुभन्दा उत्कृष्ट ठान्छन् । यी व्यक्ति प्रार्थना गर्नु भन्दा आदेश दिनमा विश्वास राख्छन् । यिनीहरु उनै व्यक्तिका साथ रहन सक्छन् जसले यिनीहरुको यो स्वभाव बुझेर बिना गुलासो यिनीहरुलाई सम्झन सक्छन्।

इमान्दारः अग्नि तत्वसँग सम्बन्धित राशिका मानिस निकै इमान्दारी हुन्छन् । यिनीहरु आफ्नो मनमा जे छ त्यहि नै बोल्छन्। यिनीहरुको यहि स्वभाव कहिलेकाहिँ अन्य मानिसलाई मन पर्दैन ।

स्वतन्त्रताः यिनिहरु कसैसँग पनि छिटै घुलमिल हुन्छन् ।तर पनि यिनीहरु आफ्नो स्वतन्त्रता मन पराउँछन् । यिनीहरु आफ्नो काम आफैं स्वतन्त्र भएर गर्न मन पराउँछन् ।

मनकारीः यिनीहरु ठुलो मनका हुन्छन् । यिनीहरुको प्रेमको गहिराई बुझ्न निकै गाह्रो हुन्छ। यसका साथै, यिनीहरुलाई नयाँ नयाँ कुरा प्रयास गर्नु वा अनुभव गर्न निकै मन पर्छ।

परिश्रमीः यी व्यक्तिहरू अत्यन्त मेहनत गर्ने स्वभावका हुन्छन्। यिनीहरू आफ्नो लागि महत्त्वपूर्ण कुरा को त निकै ध्यान राख्छन्, अन्यथा यिनीहरू अरु चिजको मतलब गर्दैनन्।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज