‘म स्वास्थ्यमन्त्री बन्न तयार छु’ (भिडियो) – Thulo Khabar


चितवन । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आफु स्वास्थ्यमन्त्री बन्न तयार रहेको बताएका छन् । अहिले अप्ठेरो बेलामा बनेको सरकारले जनचाहना अनुसार काम गर्नुपर्ने भएकाले आफुले प्रधानमन्त्रीलाई स्वास्थ्यमन्त्री बनाउन कुनै दवाव भने नदिएको बताएका छन् ।

चितवनमा पत्रकारसंग कुरा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे आफू स्वास्थ्यमन्त्री बन्न तयार रहेको बताएका छन् । उनले मुलुक कोभिडको समस्यामा परेको भएपनि सरकारले स्वास्थ्यमन्त्री नियुक्त गर्न नसकेकोमा भने दुख ब्यक्त गरे । १२/१५ महिनाको अवधिमा धेरै काम गर्नुपर्ने भएकाले प्रधानमन्त्रीलाई स्वतन्त्र भएर काम गर्न दिनुपर्ने उनको भनाई छ ।

उनलाई स्वास्थ्यमन्त्री बन्ने चाहना छ की छैन ? भनेर सोधिएको प्रश्नमा नेता थापाले भने, संसदमै बस भने पनि ठीक छ, सरकारमा आएर काम गर भने बकाइदा काम गरिनेछ । उनले अहिले गठबन्धनको सरकार भएकाले मन्त्री बन्न आफूले कुनै दबाब नदिएको बताए । गठबन्धनको घटक माधव नेपाल समूहको सरकारमा सहभागता टुंगो नलागेकाले मन्त्रिपरिषद् विस्तारमा ढिला भएको थापाको भनाइ छ ।

भूमि सम्बन्धी समस्या समाधान आयोगमा ओली सरकारले कार्यकर्ता भर्ती गरेकाले खारेज गरिएको गगनको तर्क छ । ‘संसदमा छलफल नगरी आयोगमा कार्यकर्ता भर्ती गरे, त्यसैले रुने कराउने काम बेकारको हो’, उनले भने, ‘सुकुम्बासी समस्या हाम्रो पनि हो, जति छिटो यो समस्या हल गर्नुपर्छ ।’
[embed]https://www.youtube.com/watch?v=Xn3XL34NXhI[/embed]

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज