क्लिनिकबाट किनेको औषधि खाएलगत्तै दिल्लीमा नेपाली दिदी-भाइको मृत्युु – Thulo Khabar


२० साउन, धनगढी । भारतको दिल्लीस्थित एक क्लिनिकबाट किनेर औषधि खाएलगत्तै दुुई नेपाली बालबालिकाको मृत्यु भएको छ ।

दिल्लीको शालिमारबागमा बस्दै आएका बाजुराको बुढीगंगा नगरपालिका-५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको मृत्यु भएको हो ।

बान्ताको समस्या देखिएपछि सोमबार स्थानीय शुुभम डाइग्नोसिस सेन्टर नामक क्लिनिकमा गएर औषधी किनेर विकले छोराछोरीलाई खुवाएका थिए । क्लिनिकका डाक्टर बेदकुुमार गर्गले दिएको उक्त औषधि खाएपछि १०/१० मिनेटको फरकमा दुुवै दिदी-भाइको मृत्यु भएको अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले बताए ।

उनीहरुको मृत्युुपछि डाक्टरका नाममा विकको परिवारले स्थानीय शालिमारबाग प्रहरी स्टेशनमा उजुरी दिंदै उनीमाथि कारबाहीको माग गरेको खड्काले बताए । अखिल भारत नेपाली एकता मञ्चको सहयोगमा परिवारका सदस्यले डाक्टरविरुद्ध उजुरी दिएका हुन् ।

अहिले ती डाक्टरलाई प्रहरीले निगरानीमा राखे पनि नियन्त्रणमा नलिएको पीडित पक्षको भनाइ छ । मृतक दुुवै जनाको मंगलबार हिन्दुु संस्कारअनुसार अन्त्येष्टि गरिएको छ ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज