भन्सार छलेको ८ लाख २० हजार बराबरको मोबाइल फोन बरामद


भन्सार छलेको ८ लाख २० हजार बराबरको मोबाइल फोन बरामद

नेपाल प्रहरीले रुपन्देहीका विभिन्न स्थानबाट भन्सार छलेको ११ लाख १८ हजार रूपैयाँ बराबरको मोबाइल फोनसहितका अन्य सामग्रीहरुसमेत बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय लुम्बिनी, मझगावा र मंगलपुरको टोलीले मंगलबार भन्सार छलेको सामग्रीहरू बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले मोबाइल सेट, इयरफोन, ब्याट्री गरी ८ लाख २० हजार बराबरको सामग्री बरामद गरेको छ।

बरामद सामग्रीहरु भन्सार कार्यालय बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ।

TK Viber

प्रकाशित: २० श्रावण २०७८, बुधबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज